Comments Add Comment

क्यानडाद्वारा नेपालसामू ११५ रनको लक्ष्य प्रस्तुत

nepali-team
६ माघ, काठमाडौं । आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टूमा क्यानडाले नेपालसामू ११५ रनको लक्ष्य प्रस्तुत गरेको छ । नेपालले केहीबेरमा जवाफी व्याटिङ गर्नेछ ।

टस जितेर पहिले व्याटिङ गरेको क्यानडाले अन्तिम चार बल खेल्नुअघि सबै विकेट गुमाएर ११४ रन बनायो ।

नेपाली बलरहरु चम्किएपछि क्यानडाका ब्याट्सम्यानहरु सुरुबाटै निकै दबावमा आए । क्यानडाले पहिलो ओभरको चौथो बलमा कुल १ रन जोड्दा नै पहिलो विकेट गुमाएको थियो । नेपालका सोमपाल कामीले कुमारको विकेट लिए ।

त्यसपछि करण केसी चम्किए । उनले लगातार चार विकेट लिएपछि क्यानडा ११.४ ओभरमा २२ रन जोड्दा ५ विकेट गुमाएको थियो । उसका मध्यक्रमका ब्याट्सम्यानले पारी उकास्ने प्रयास गरे पनि नेपाली बलरहरु हावी भए ।

नेपालका करणले १० ओभरमा २ मेडन राख्दै २६ रन खर्चिएर ५ विकेट लिए । प्रथम श्रेणीको क्रिकेटमा नेपाली बलरले गरेको यो उच्च प्रदर्शन हो ।

सामपालले १० ओभरमा २ मेडन राख्दै २८ रन दिएर २ विकेट लिए । १० ओभर नै बलिङ गरेका कप्तान पारस खड्काले २ मेडन राख्दै १७ रन खर्तिएर १ विकेट लिए ।

शक्ति गौतनले ५.२ ओभरमा ५ रन दिएर १ तथा सागर पुनले ४ ओभरमा ११ रन दिएर १ विकेट लिए । बसन्त रेग्मीले १० ओभरमा १ मेडन राख्दै २४ रन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment