Comments Add Comment

दैनिक साढे तीन करोडको चामल आयात

Rice७ पुस, काठमाडौं । नेपालमा दैनिक तीन करोड ६७ लाख रुपैयाँ बराबरको चामल भित्रिएको छ । कृषिप्रधान मुलुकमा दैनिक यती चामल भित्रिनु आफैमा डरलाग्दो अवस्था हो ।

छिमेकी मुलुक भारतबाट नेपालमा चामल भित्रिँदै आएको छ । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा भारतबाट ५ अर्ब ५१ करोड ३० लाख रुपैयाँ बराबरको चामल आयात भएको छ । जुन आयात अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६६.८ प्रतिशतले बढी हो ।

अघिल्लो वर्षको पाँच महिनासम्म ३ अर्ब ३० करोड ५९ लाख रुपैयाँ बराबरको चामल आयात भएको थियो । त्यतिबेला चामलको आयात १५ प्रतिशतले मात्र बढेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment