Comments Add Comment

फोहोर प्लास्टिक प्रशोधन गर्ने उद्योगलाई विशेष सम्मान

७ माघ, रत्ननगर । भर्खरै सम्पन्न भएको चितवन महोत्सव २०७१ मा राखिएका ४९० कक्षमध्ये २३ कक्षलाई उत्कृष्ट घोषणा गरिएको छ ।

चितवन महोत्सव कक्ष मूल्याङ्कन समितिले महोत्सव परिसरमा रहेका ४९० वटामध्ये ती कक्षलाई उत्कृष्ट घोषणा गरेको हो । विभिन्न नौ विधामा छुट्याएर कक्षको मूल्याङ्कन गरिएको थियो ।

फोहोर प्लास्टिकलाई मोहरमा परिणत गर्ने उद्योगलाई विशेष सम्मान दिएको उद्योग वाणिज्य सङ्घ चितवनले जनाएको छ ।

पुरस्कृत हुने कक्षमा उद्योगतर्फ युनाइटेड वायर प्रथम, नारायणी इन्जिनियरिङ वक्र्स द्वितीय, युनाइटेड वेभरेज र हस्तकला नेपाल तृतीय भएको कक्ष मूल्याङ्कन समितिका संयोजक मित्रराज दवाडीले जानकारी दिए ।

यसैगरी व्यापारतर्फ प्रभा विद्युत् इम्पोरियम प्रथम, एयर केयर इन्टरप्राइजेज द्वितीय, युरेका ट्रेड एन्ड जनरल सप्लायर्स तृतीय भएको छ । सूचना प्रविधिमा शुभकामना इलेक्ट्रोनिक्स प्रथम, एब्सोलुट कम्प्युटर एन्ड मोबाइल द्वितीय र टु फोर सिक्स मोबाइल हाउस तृतीय भएको छ ।

यसैगरी पोल्ट्रीतर्फ पोखरेल त्रिपाल उद्योग प्रथम र भेटेरीनरी हस्पिटल रिसर्च एन्ड ट्रेनिङ सेन्टर प्रालि द्वितीय भएको छ । प्लास्टिकतर्फ पिया प्लास्टिक इन्डष्ट्रिज प्रथम भएको छ ।

यसैगरी रेस्टुराँतर्फ बाजेको सेकुवा प्रथम, वेलकम थकाली भान्छा घर एन्ड रेस्टुराँ द्वितीय भएको छ । कृषितर्फ मनकामना नर्सरी प्रथम, सुयल मौरीपालन तथा मह उत्पादन द्वितीय र अन्नपूर्ण बी कन्सर्न तृतीय भएको छ ।

अटोमोबाइल्सतर्फ त्रिशक्ति ट्रेडर्स प्रथम र सिप्रदी ट्रेडिङ प्रालि द्वितीय भएको महोत्सव कक्ष मूल्याङ्कन समितिले जनाएको छ ।

अन्य सेवातर्फ चितवन जिल्ला क्रिकेट सङ्घ प्रथम, एनएमबी बैंक लिमिटेड द्वितीय र कारागार कार्यालय तृतीय भएको छ ।

यसैबीच चितवन महोत्सव २०७१ मा वातावरण प्रदूषण जोगाउन प्लास्टिकको पुनःप्रयोग गर्ने प्रविधिको प्रदर्शनी गरेबापत प्लास्टिक व्यवसायी सङ्घलाई विशेष प्रशंसापत्रले सम्मान गरिएको थियो ।

फोहोर प्लास्टिक सङ्कलन गरेर त्यसलाई प्रशोधन गरी पाइपलगायतका सामग्री बनाएको दृष्य महोत्सवमा देखाइएको थियो ।

बाटामा फेला परेका फोहोर प्लास्टिक पनि मोहर हुन्छन् भन्ने सन्देशसहित राखिएको उक्त कक्षलाई उद्योग प्रवद्र्धनमा सहयोग पु¥याएको भन्दै सम्मान गरिएको आयोजकले जनाएको छ ।

गएको पुस २५ देखि माघ ४ गतेसम्म चलेको महोत्सवमा कुल पाँच लाख ५० हजारले अवलोकन गरेको र रु २२ करोडको कारोबार भएको महोत्सवका संयोजक कल्याण जोशीले जानकारी दिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment