Comments Add Comment

एक वर्षमा पाँच करोडको तरकारी बाहिरियो

Vagetableरामकुमार शाही

७ माघ, जाजरकोट । जाजरकोटबाट एक वर्षको अवधीमा पाँच करोड भन्दा बढीको तरकारी बाहिरिएको छ । जिल्लाका पाँचवटा संकलन केन्द्रबाट पाँच करोड १५ लाख ११ हजार सात सय रुपैयाँको तरकारी सुर्खेत, कोहलपुर तथा नेपालगंज लगायतका बजारहरुमा निर्यात भएको हो ।

जिल्लामा क्रियाशील पहाडी क्षेत्र विकास अभियान नामक गैरसरकारी संस्थाले जिल्लाका खलंगा, मटेला, फेरा, मोर्क र थलह गरी पाँचवटा संकलन केन्द्रबाट उक्त तरकारी बाहिर पठाएको हो ।

संस्थाले संचालन गरेको साना किसानहरुको स्थानीय संस्था र बजारमा पहुँच कार्यक्रम अन्र्तगत सन् २०१४ मा उक्त कारोबार भएको अध्यक्ष प्रदिपजंग शाहले जानकारी दिए ।

सुर्खेतको देवकोटा मण्डीबाट मात्र जिल्लामा १३ लाख ६६ हजार ६ सय रुपैयाँ भित्रिएको छ । मटेला संकलन केन्द्र र सुर्खेतस्थित देवकोटा मण्डीबीच भएको सम्झतौबमोजिम ६ सय ८७ क्वीन्टल टमाटरको कारोवार भएपछि उक्त रकम जिल्ला भित्रिएको हो ।

मण्डिसँग कारोबार भएपछि मटेलाका थप चार कृषक समूहका ६४ जनाले व्यवसायिक योजना निर्माण गरी तरकारी उत्पादनमा लागरेको संस्थाका बजार प्रर्वद्धक नविन केसीले जानकारी दिए ।

अघिल्लो वर्ष प्रतिकृषक ६ सय ७५ केजीबाट तरकारीको उत्पादन बढेर एक हजार ८७ पुगेको बजार प्रर्वद्धक केसीले बताए । उनका अनुसार अघिल्लो वर्ष ६ सय ९ रोपनीमा खेती गरिएकोमा गत वर्ष ६ सय ४२ रोपनी क्षेत्रफलमा तरकारी खेती भएको थियो । जसबाट अघिल्ला वर्षहरुमा प्रति घरधुरीको वाषिर्क आम्दानी ३५ हजार ९ सय २० औषत रहेकोमा सन् २०१४ मा बढेर ४३ हजार २ सय २५ भएको केसीले बताए ।

यसैगरी अघिल्ला वर्षहरुमा प्रतिक्वीन्टल १६ केजी क्षती हुने गरेकोमा २०१४ मा १२ केजीमा झरेको उनको भनाई छ ।

पछाडी परेका समुदायको बजारसँग पहुँच बढाई जीवनस्तरमा सुधार ल्याउने उद्देश्यले संचालन गरिएको उक्त कार्यक्रमबाट जिल्लाका १३ सय घरधुरी लाभान्वित भएको अध्यक्ष शाहले बताए । उनका अनुसार कार्यक्रम अन्र्तगत छिन्चु-छेडा-थलह र छिन्चु-छेडा-खलंगा-कालीमाटी रोडकोरिडोर भित्र रहेका समुदायले उत्पादन गरेका कृषिजन्य वस्तुहरुलाई बजारको पहुँचमा पुर्‍याउने काम भइरहेको छ ।

व्यवसायिक योजना निर्माणको माध्यमबाट बजारमुखि कृषिजन्य वस्तु उत्पादन गरि साना किसानहरुको आयआर्जनमा वृद्धि ल्याउने र स्थानीय स्तरका व्यापारी तथा बाहृय संकलनकर्तासँग समन्वय गरी बजार व्यवस्थापनमा सहजिकरण गर्ने कार्यक्रमको अर्काे उद्देश्य रहेको शाहको भनाई छ ।

संस्थाले कृषकहरुलाई विभिन्न तालिम, कृषक पाठशाला, क्यारेट सहयोग, व्यवसायिक योजना निर्माण लगायतका क्षेत्रमा सहयोग गरिरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment