Comments Add Comment

भोटेकोसी आयोजनाबाट उत्पादन सुरु

BhotekoshiFlood७ माघ, चौतारा । जुरे पहिरो र पाँच दलको अवरोधबाट करिब ६ महिनादेखि अवरुद्ध ४५ मेगावाटको माथिल्लो भोटेकोसी आयोजनाबाट आजदेखि व्यापारिक उत्पादन सुरु भएको छ ।

शनिबारदेखि गरिएको परीक्षण उत्पादनबाट सफलता मिलेपछि आजदेखि व्यापारिक उत्पादन सुरु भई राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो । ४५ मेगावाट क्षमताको सो आयोजनाबाट हाल नदीमा पानीको बहावमा कमी आएपछि १८ मेगावाट मात्र विद्युत् उत्पादन गरिएको भोटेकोसी पावर कम्पनी प्रालिका प्रमुख कार्यकारी अधिकृत नरेन्द्र प्रजापतिले जानकारी दिए ।

साउन १७ गते सिन्धुपाल्चोकको राम्चे-५ स्थित जुरेमा गएको पहिरोले पाँचवटा टावरमा क्षति पुर्‍याएपछि उत्पादन बन्द भएको थियो । चारवटा टावरलाई क्षति पुर्‍याए पनि पहिरोले स्थान परिवर्तन गर्नु परेकाले करिब आठ करोडको लागतमा सातवटा टावर निर्माण गरिएको पावर कम्पनीका प्रबन्धक वविन प्रधानले बताए ।

क्षतिग्रस्त टावरलाई असोज ३ गते पुनः निर्माण कार्य सुरु गराउँदा पाँच दलले सेयरको मागका साथै टावरमा पर्ने गाविसले क्षतिपूर्तिको दाबी गर्दै अवरोध पुर्‍याएका थिए ।
नेपाली काँग्रेसले १० प्रतिशत र एमाले, एमाओवादी, राप्रपा एवं वैद्य माओवादीले ३५ प्रतिशत सेयरको माग गरी विरोधमा उत्रिएका थिए । कम्पनी र दलबीच पाँच प्रतिशत सेयर दिने सहमति भएपछि पुस १० गतेबाट टावरको पुनःनिर्माण कार्य सुरु गरिएको थियो ।

आयोजना जम्मा १७२ दिनसम्म बन्द हुँदा कम्पनीलाई दैनिक ८६ लाखले करिब सवा अर्ब घाटा भएको आयोजनाले जानकारी दिएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment