Comments Add Comment

भाडाका ट्याक्सी ब्यक्तिका नाममा दर्ता नहुने

९ माघ, काठमाडौ । भाडाका ट्याक्सी अब ब्यक्तिका नाममा दर्ता नहुने भएको छ । सार्वजनिक सेयर स्वामित्व रहेका कम्पनीमार्फत मात्र ट्याक्सी सञ्चालन गर्न सरकारले प्रक्रिया अघि बढाएको छ । राजधानीमा अहिले ब्यक्तिगत लगानी र स्वामित्वका ट्याक्सीमात्र गुडिरहेका छन्, कारोबार दैनिकमा खबर छ ।

taxiभौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यससम्बन्धी कार्यविधि बनाएर पेस गर्न यातायात ब्यवस्था विभागलाई निर्देशन दिएको छ । राजधानी लगायत मुख्य सहरमा सञ्चालित ट्याक्सी अब्यवस्थित भएको र ब्यवसायीको मनोमानी बढेको भन्दै सरकारले ‘क्याब सिस्टम’मार्फत चलाउने तयारी गरेको हो । अधिकांश विकसित मुलुकमा ‘क्याब’ प्रणाली छ । नेपालमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रका ट्याक्सीमात्र यो प्रणालीमा गएका छन् ।

मन्त्रालयले क्याब प्रणाली लागू गर्नेबारे आवश्यक अध्ययन र तयारी गर्न विभागलाई निर्देशन दिएको मन्त्रालयका उपसचिव नविनकुमार पोखरेलले बताए । यो प्रणालीबाट सञ्चालन भए ट्याक्सीले ठगे वा अनियमितता गरे कम्पनी जिम्मेवार हुन्छन् ।
मन्त्रालयका उपसचिव पोखरेलका अनुसार सरकारले काठमाडौ उपत्यकामा चाहिने ट्याक्सीको संख्याबारे अध्ययन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment