Comments Add Comment

गगन थापाका प्रत्याशी एमाले नेता अख्तियारको फन्दामा

Nirmal-Kuinkel-and-Sushil-N

९ माघ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्यसचिवद्वय निर्मल कुइँकेल र सुशील नाहाटासहित ९ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । भ्रष्टाचारको अभियोग लागेका कुइँकेल काठमाडौंका एमाले नेता हुन् ।

पशुपतिका पूर्वसदस्यसचिव कुइँकेल दोस्रो संविधानसभामा काठमाडौं ४ मा एमालेका उम्मेदवार थिए । उनी कांग्रेसका नेता गगन थापासँग पराजीत भएका थिए ।

कुइँकेल एमालेकै सिफारिसमा पशुपति क्षेत्र विकास कोषको सदस्य सचिव बनेका थिए । कुइँकेलको कार्यकाल सकिएपछि नाहाटा सदस्यसचिव बनेका थिए ।

अख्तियारले पशुपति मन्दिरको देवश्व दुरुपयोग गरेको अभियोगमा काठमाडौं जिविसका कर्मचारी र ठेकेदारविरुद्ध पनि मुद्दा दायर गरेको छ ।

अख्तियारले ४६ करोड ५६ लाख ८७ हजारभन्दा बढी भ्रष्टाचार भएको दाबी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment