Comments Add Comment

मेगा बैंक ठगी प्रकरणमा ब्राञ्च म्यानेजरकै संलग्नता

Suspects of mega bank Scam
९ माघ, काठमाडौं । नक्कली हस्ताक्षर गरी मेगा बैंकमा रहेको टुरिजम डेभलपमेन्ट बैंकको खाताबाट २ करोड ९ लाख ९० हजार रुपैयाँ ठगीमा बैंककै कर्मचारीहरु संलग्न रहेको पाइएको छ ।

मेगा बैंकको न्यूरोड शाखाबाट २०७० माघ १२ गते ९ लाख ९० हजार रुपैयाँ र १३ गते राष्ट्रिय वाणिज्य बैंक भोटाहिटी शाखाबाट २ करोड रुपैयाँको चेक क्लियरिङ गरी जम्मा २ करोड ९ लाख ९० हजार रुपैयाँ ठगी भएको थियो ।

धादिङस्थित मेगा बैंकका तत्कालिन शाखा प्रबन्धक २६ वषिर्य राजेन्द्र पाण्डेको मूख्य योजनामा बैंकमा ठगी भएको प्रहरीले जनाएको छ । धादिङको नलाङमा स्थायी घर भएका पाण्डे हाल फरार छन् ।

त्यसैगरी, चार वर्षदेखि मेगा बैंकको कान्तिपथ शाखामा प्रवन्धकको रुपमा कार्यरत ४० वर्षीय शम्भु बहादुर थापा ठगी प्रकरणको योजनाकार तथा सहभागी भएको प्रहरीले जनाएको छ । लमजुङको गाउँशहर स्थायी घरभई हाल काठमाडौंको बुद्धनगर बस्ने गरेको प्रहरीले जनाएको छ ।

धादिङ सलाङ स्थायी घरभई गोंगबु बस्ने २४ वषिर्य प्रविण पाण्डेले योजना कार्यान्वयन गरेको प्रहरीले जनाएको छ । त्यसैगरी धादिङ सलाङकै २६ वषिर्य प्रदिप पाण्डे बैंक ठगीमा सहयोग गरेको प्रहरीले जनाएको छ । प्रविण र प्रदिप शिक्षण पेशामा आवद्ध छन ।

कसरी भयो ठगी ?

२०७० मंसिर ९ गते मेगा बैंकको कान्तिपथ शाखाबाट अनाधिकृत ढंकले टुरिजम डेभलपमेन्ट बैंकको १० थान चेक जारी गरिएको थियो ।

चेक जारी गर्दा चेक रिसिप्सन फर्ममा प्रयोग भएको टुरिजम बैंकको छाप बैंकले प्रदान गरेका खातावालको दरखास्त नमुना नियमानुसार सनाखत नगरिएको पाइएको थियो ।

सम्बन्धीत कर्मचारीले चेक रिक्वेस फर्म भेरिफाइ नगरेको र उक्त फर्ममा दरखास्त समेत नभएको प्रहरीले जनाएको छ । प्रविण पाण्डेले अल्फाबिटा कलेजको विद्यार्थी परिचयपत्र लिई चेक लिन आउने गएका थिए । उनी तत्कालीन मेगा बैंक धादिङ शाखामा कार्यरत राजेन्द्र पाण्डेका भाइ हुन् ।

तर, चेकबुक बुझिलिँदा राकेस सिलवालको नक्कली परिचयपञ र नाम राकेस सिलवाल लेखेर हस्ताक्षर गरी चेक बुझेका थिए । प्रविणलाई उक्त चेक फर्म दाजू राजेन्द्रले उपलब्ध गराएका थिए ।

तर, कस्टमर सर्भिस सेन्टरका कर्मचारीले उक्त फर्ममाथि शंका लागि चेक इस्यू गर्न आनाकानी गरे । उक्त शाखाका प्रबन्धक शम्भुबहादुर थापाले निज कर्मचारीलाई चेक जारी गर्न आदेश दिएपश्चात चेक जारी गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment