Comments Add Comment

संविधानसभामा प्रश्नावली समिति गठनको प्रस्ताव पेस गरिने

BICC-Nepal

११ माघ, काठमाडौं । संविधानसभाको बैठक आइतबार दिउँसो बस्दैछ । दिउँसो एक बजेपछि बस्ने बैठकमा प्रश्नावली समिति गठनको प्रस्ताव पेस गरिने कार्यसूची रहेको छ ।

उक्त प्रस्ताव नेपाली कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले प्रस्तुत गर्ने तथा एमालेका प्रमुख सचेतक अग्नीप्रसाद खरेलले समर्थन गर्नेछन् ।

शुक्रबार भएको बैठकमा एमाओवादीसहितका विपक्षी दलका सभासद्ले कांग्रेस सचेतक चीनकाजी श्रेष्ठलाई नियन्त्रणमा लिएका थिए । बैठकमा त्यसैगरी अवरोध भए सभाध्यक्ष नेम्बाङले नै उक्त प्रस्ताव पेस गर्ने तयारी रहेको संसद सचिवालयले जनाएको छ ।

विपक्षी दलका सभासद्ले भने संविधान निर्माणको कार्य सहमतिमा हुनुपर्ने भन्दै सहमति बाहेकको कुनै विकल्प अगाडि ल्याए विरोध गर्ने चेतावनी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment