+
+
Shares

संसारबाट इन्टरनेट ‘लोप’ हुने गुगलका अध्यक्षको दाबी

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ १३ गते ८:०५

eric-schmidt-1
स्जिरल्याण्डको डाभोसमा भएको वल्र्ड इकोनोमिक फोरमको बैठकमा गुगलका वर्तमान अध्यक्ष तथा पूर्व कार्यकारी इरिक स्कमिडिटलाई इन्टरनेटको भविष्यबारे प्रश्न सोधियो ।

आफुलाई सोधिएको प्रश्नको जवाफ दिँदै स्कमिडिटले सबैलाई आश्चर्यमा पार्दै भने, ‘मैले निकै सामान्य रुपमा उत्तर दिन्छु की इन्टरनेट लोप हुनेछ ।’

फोरमको बैठकमा डिजिटल इकोनोमीका विषयमा भएको प्यानल छलफलमा उनले भनेको यो वाक्यले सबैलाई तरंगित बनायो । तर, वास्तवमा उनले इन्टरनेट साँच्चीकै हराउने भनेको नभै प्रविधिको अर्थतन्त्र परिपक्व हुँदै जाँदा त्यसबाट पर्ने प्रभावका विषयमा व्याख्या गर्दै भविष्यको त्यो अवस्थालाई इन्टरनेट लोप भएको अवस्थाका रुपमा तुलना गरेका थिए ।

उनका अनुसार प्रविधि हाम्रो समाज तथा जीवनमा यसरी पूर्वस्थापित भैसकेको छ की अब हामीले हाम्रो साथमा भएको प्रविधिहरु समेत देख्न छाडिसकेका छौँ ।
‘भविष्यमा धेरै आइपी एड्रेस हुनेछन्, धेरै डिभाइस तथा सेन्सरहरु हुनेछन्, तपाइँले पहिरिएका चिजहरु अनगिन्ती हुनेछन्, अनि तपाइँले अन्तरक्रिया गरिरहेका वस्तुहरुको बारेमा नै तपाइँलाई चेतना हुनेछैन’, स्कमिडिटले भविष्यमा इन्टरनेट प्रविधि र ग्याजेटहरुको तिब्र विकाश हुँदैजाँदाको परिदृश्य सुनाए ।

फोनदेखि घडीसम्म तथा थर्मोस्टाट देखि लाइट बल्बसम्म सबै इन्टरनेट जडित उपकरणहरु स्वचालित बन्न थालेको भन्दै उनले यस्ता डिभाइससँग मानिसको अन्तरक्रिया पूर्णरुपमा निर्वाध बन्ने विश्वास समेत व्यक्त गरे ।

एक सताब्दीअघि विजुलीको बल्ब भन्ने चिज निकै दुर्लभ रहेको अवस्थामा अहिले त्यो सबैभन्दा सामान्य कुरा तथा कुनै चर्चा नै नहुने विषय बनिसकेको उदाहरण दिँदै उनले हरेक प्रकारका प्रविधिहरु परिपक्व बन्दै जाँदा यो सबैको पहुँचमा पुग्ने भएकाले त्यसको उपस्थितिप्रति मानिसहरुलाई चासो नै हुन छाड्ने बताए ।

स्मार्ट प्रविधिको तिब्र विकाश र यसको म्याचुरिटी सँगै इन्टरनेट सबैको अभिन्न अंग बन्दै जाने र मानिसहरुमा यसको उपस्थिति प्रति ध्यान नै पुग्न छाडेको अवस्थालाई इन्टरनेट ‘लोप’ भएको अवस्था भन्न सकिने तर्क उनको रहेको छ ।
-एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?