+
+
Shares

कमल ज्ञवालीबाट प्रभुले बैंकले उठायो २३ करोड ऋण

१३ माघ काठमाडौं । कमशल धितोमा दुई बैंकबाट साढे तीन वर्षअघि जम्को प्रकाशनमा प्रवाह गरिएको २३ करोड रुपैयाँ कर्जा उठेको छ । तत्कालीन किष्ट बैंकका प्रबन्ध सञ्चालक कमल ज्ञावालीको संस्थापक र साधारण सेयर बिक्री गरी जम्कोको ऋण उठाइएको हो ।

ज्ञावालीको सेयर प्रभू समूहले खरिद गरेको प्रभू बैंकसम्वद्ध उच्च स्रोतले सञ्चालकले अनलाइनखबरलाई जानकारी दियो । स्रोतका अनुसार बैंकमा रहेको ज्ञावालीको २२ लाख २८ हजार ४ सय ५६ कित्ता सेयर प्रतिकित्ता सय रुपैयाँका दरले २२ करोड २८ लाख ४५ हजार ६ सय रुपैयाँमा मंगलबार प्रभू समूहले किनेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ १३ गते २०:४०

Prabhu bankपुष्प दुलाल

१३ माघ काठमाडौं । कमशल धितोमा दुर्इ बैंकबाट साढे तीन वर्षअघि जम्को प्रकाशनमा प्रवाह गरिएको २३ करोड रुपैयाँ कर्जा उठेको छ ।

प्रहरी र राष्ट्र बैंकले सेयर बिक्री गरेरै भएपनि ऋण असूल गर्न स्विकृती दएपिछि प्रभु बैंकले तत्कालीन किष्ट बैंकका प्रबन्ध सञ्चालक कमल ज्ञवालीको संस्थापक र साधारण सेयर बिक्री गरी जम्कोको ऋण उठाएको हो ।

ज्ञवालीको प्रोमोटर सेयर मंगलबार बिक्रि भएपछि प्रभुले सो ऋण उठाएको बैंक सम्बद्द स्रोतले जानकारी दियो । स्रोतका अनुसार बैंकमा रहेको ज्ञवालीको २२ लाख २८ हजार ४ सय ५६ कित्ता सेयर प्रतिकित्ता सय रुपैयाँका दरले २२ करोड २८ लाख ४५ हजार ६ सय रुपैयाँमा मंगलबार  बिक्रि भएको हो ।

बैंकमा रहेको ज्ञवालीको १ लाख कित्ता सेयर पनि प्रतिकित्ता ३ सय २ रुपैयाँका दरले बिक्रि भएको छ । मंगलबार नेपाल स्टक एक्सचेञ्जमा बैंकको १ लाख ३८ हजार २ सय ६ कित्ता सेयर सर्वसाधारण सेयर ४ करोड १६ लाख ५७ हजार ७ सय ९ रुपैयाँमा किनबेच भएका छन ।

ज्ञवालीको दबाबमा जम्कोलाई किष्ट बैंकले १२ करोड र सिद्धार्थ डेभलपमेन्ट बैंकले १३ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए । उक्त कर्जा घुमाउरो बाटोबाट ज्ञवालीले नै प्रयोग गरेकाे भन्दै  प्रहरीले उनीबिरूद्व बैंकिङ कसूर ऐन अन्तर्गत मुद्दा दर्ता गरिएपनि उनी हालसम्म फरार छन । (यो पनि पढ्नुहोस  किष्टका ज्ञवाली र घर्तीसहित ६ जनाको सम्पत्ति रोक्का गर्न राष्ट्र बैंकको निर्देशन )

 कमल ज्ञावालीले कर्जा दुरुपयोग गरेको सार्वजानिक भएपछि राष्ट्र बैंकले त्यस्तो कर्जामा शतप्रतिशत प्रोभिजनिङ गर्न बैंकलाई निर्देशन दिएको थियो । प्रोभिजनिङपश्चात बैंक घाटामा गएको थियो ।

गत असोज मसान्तमा बैंक ११ करोड ६८ लाख ३२ हजार रुपैयाँले घाटामा छ । त्यस्तै, तत्कालीन किष्ट बैंक गत असार मसान्तमा २४ करोड ६ लाख १२ हजार रुपैयाँ र गत वर्षको असोज मसान्तमा भने बैंक २ करोड ७४ लाख ४० हजार रुपैयाँले घाटामा थियो ।

गत भदौ ३० गते प्रभु विकास बैंक, किष्ट बैंक, गौरिशंकर डेभलपमेन्ट बैंक र जेनिथ फाइनान्स गाभिएर प्रभु बैंकको नाममा संयुक्त कारोबार गरिएको थियो । (किष्टको विलय, प्रभू बैंककाे नाममा एकीकृत कारोबार सुरु)

गाभिएपश्चात पनि किष्टको प्रोभिजनिङका कारण प्रभु बैंक घाटामा थियो । शतप्रतिशत प्रोभिजनिङ गरिएको १२ करोड रुपैयाँ र यस्तै अन्य केही कर्जा उठेकाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण नाफामा जाने बैंकका उच्च अधिकारीहरु बताउँछन ।

प्रभु समूहले बैंकको नेतृत्व गरेपछि बैंकले खराब कर्जा उठाउने कामलार्इ पहिलो प्राथमिकतामा राखेर काम थालेको थियो ।  ३ अर्ब २० करोड ८८ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकका १ सय १२ वटा शाखा सञ्चालनमा छन । बैंकका कूल ग्राहक ७ लाखभन्दा बढी छन ।

के हो जम्को काण्ड ?

जम्को प्रकाशन प्रा.लि.को नाममा कर्जा निकालेर तत्कालीन किष्ट बैंकका प्रबन्ध सञ्चालक कमल ज्ञवालीले कर्जाको दुरुपयोग गरेका थिए । ज्ञवालीले किष्टबाट जम्को प्रकाशनलाई २०६७ असार २८ गते व्यवसाय अभिवृद्धि गर्नका लागि १ वर्षे अवधिका लागि १२ करोड ऋण दिएका थिए  ।
जम्कोको कारोवार हैसियतको बिश्लेषण नगरी कमशल धितोको अधिक मुल्याङ्कन गरी बैंकको कर्जा लगानी निति विपरीत अधिकतम कर्जा सीमाभन्दा ज्यादा कर्जा लगानी गरेको, कर्जाको रकम परियोजनामा खर्च नगरी दुरुपयोग गरी बैंकिङ कसुर गरेकोले सो कार्यमा बैंकका तत्कालीन संचालक समितिका पदाधिकारी तथा कर्मचारीहरु समेत संलग्न रहेको पाइएको प्रहरीको दाबी छ ।

राष्ट्र बैंकको स्थलगत निरिक्षणले पनि प्रबन्ध सञ्चालक ज्ञवाली मात्रै दोषी भएको ठहर गरे पनि प्रहरीले बैंकका अन्य उच्च व्यवस्थापकहरुलाई नियन्त्रणमा लिएर मुद्दा चलाएको थियो । पक्राउ परेकाहरु धरौटीमा छुटिसकेका छन ।

यो ऋण तिरेपछि ज्ञवालीलार्इ पनि कसुरमुक्त हुन सहज हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?