+
+
Shares

जेठ महिनामा पूर्ण संविधान : डा. मीनेन्द्र रिजाल

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ १४ गते १५:२७

१४ माघ, विराटनगर । सूचना तथा सञ्चारमन्त्री डा. मीनेन्द्र रिजालले २०७२ सालको जेठ महिनामा पूर्ण संविधान आउने दावी गरेका छन् । भदौमा गर्ने काम भर्खर सुरु भएकाले सबै प्रक्रिया पूरा गरेर पूर्ण संविधान आउन कम्तीमा चार महिना लाग्ने उनले बताए ।

Minendra-Rijal

नेपाल महिला संघ मोरङको पदस्थापन कार्यक्रमलाई बुधबार विराटनगरमा सम्वोधन गर्दै सरकारका प्रवक्तासमेत रहेका रिजालले भने, ‘यदि संविधान निर्माणको काम फटाफट अगाडि बढे पूर्ण संविधानका लागि आगामी ०७२ सालको जेठ महिना लाग्छ, संविधान निर्माणका अझै सात-आठ पाइला बाँकी छन् ।’

डा. रिजालले एमाओवादी नेता डा. बाबुराम भट्टराईलाई संविधान निर्माणको महत्वपूर्ण पद राजनीतिक तथा संवाद सहमति समितिको सभापतिको जिम्मेवारी दिनु नै कांग्रेस-एमालेको ठूलो भुल भएको टिप्पणी गरे ।

‘यदि बाबुरामलाई संवाद समितिको सभापति नदिएको भए माघ ८ मै संविधान जारी हुनेथियो,’ रिजालले भने, ‘एमाओवादी नेता भट्टराईलाई विश्वास गरेर महत्वपूर्ण समितिको जिम्मेवारी दिँदा समस्या आयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?