+
+
Shares

सफलताको कथाः डुबेको किष्टलाई प्रभुले गर्‍यो कायापलट

कुशल व्यवस्थापन र नेतृत्वको दृढ इच्छाशक्ति भयो भने यति जर्जर अवस्थामा पुगेको बैंकलाई सुधार गर्नु आफैमा असम्भव काम हैन भन्ने उदाहरण बनेको छ यतिबेला तत्कालीन किष्ट बैंक अर्थात अहिलेको प्रभु बैंक लिमिटेड । प्रभुको प्रवेशसँगै नाममात्रै फेरिएन, एक किसिमले बैंकको कायापलट नै भयो ।

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ १६ गते १३:५६

Pravhu bank specialपुष्प दुलाल
१६ माघ, काठमाडौं । एक बर्षअघि तत्कालीन किष्ट बैंकको अवस्था यस्तो थियो कि कुनै सञ्चालक, कर्मचारी र सेयर सदस्य बैंकको भविष्यप्रति आशावादी थिएनन्, कसैको अनुहारमा कान्ति थिएन ।
बैंकका प्रबन्ध सञ्चालक कमल ज्ञवाली बैंकिंग कसुरमा फरार अभियुक्तको सूचीमा थिए भने अाधा दर्जन उच्चपदस्थ अधिकारीहरु पक्राउ परेका थिए ।  बैंकका वित्तीय सूचकहरु चिन्ताजनक थिए । हरेक तीन महिनामा बैंक घाटा गइरहेका विवरण सार्वजनिक हुन्थे । २ अर्बको पुँजी भएको बैंकको करिव ३ अर्ब रुपैयाँ बढीखराब कर्जा थियो ।
बैंकको सेयर मूल्य १ सयकै हाराहारीमा झरिसकेको थियो, बजारमा किष्ट बैंकलाई डुब्न लागेको पानीजहाजसँग तुलना गरिन्थ्यो । यसैको मनोवैज्ञानिक त्रासमा थिए निक्षेपकर्ताहरु दुःखले आर्जेको पैसा डुब्ला कि भन्ने चिन्ताले अन्यत्रै सार्ने धाउन्नमा थिए ।
सायदै यस्ता सूचकहरुका वीचमा बैंकसँग जोडिएका कसैले पनि आशा गर्ने ठाउँ थिएन । न नेतृत्व भरलाग्दो थियो, न वित्तीय सूचक सन्तोषजनक थिए । त्यसमाथि उच्चपदस्थ नेतृत्व फौजदारी अभियोगमा पक्राउ पर्ने र फरार हुने भएपछि सबै स्टेकहोल्डरमा निराशा बढेको थियो ।

तर, कुशल व्यवस्थापन र नेतृत्वको दृढ इच्छाशक्ति भयो भने यति जर्जर अवस्थामा पुगेको बैंकलाई सुधार गर्नु आफैमा असम्भव काम हैन भन्ने उदाहरण बनेको छ यतिबेला तत्कालीन किष्ट बैंक अर्थात अहिलेको प्रभु बैंक लिमिटेड ।
किष्ट बैंकको व्यवस्थापन प्रभु समूहले लिएपछि सुरु भएको सुधार अभियान बिभिन्न संस्थाको मर्ज हुँदै गत भदौ ३० गते प्रभु बैंकका रुपमा एकीकृत कारोवार सुरु भयो । प्रभुको प्रवेशसँगै नाममात्रै फेरिएन, एक किसिमले बैंकको कायापलट नै भयो ।
शुक्रबार प्रकाशित पुस मसान्तसम्मको वित्तीय विवरणले सुधारको संकेत देखाएको छ । सायद संयोग नै मान्नुपर्ला, पहिलोपटक नाफामा गएको वित्तीय विवरण सार्वजनिक हुनुभन्दा अघिल्लो दिनमात्रै प्रभुले अर्को ‘क’ वर्गको ग्राण्ड बैंक नेपालको स्वामित्व खरिद गर्ने घोषणा गरेको छ भने नेपाल बिकाश बैंक पनि खरिद गर्ने तयारी गरिरहेको छ ।
प्रकाशित विवरणअनुसार पछिल्लो तीन महिनाको अवधिमा मात्रै प्रभु बैंकले ५४ करोड खुद नाफा आर्जन गरेको छ जसको महत्वपूर्ण हिस्सा खराब कर्जा अशुली हो । यस अवधिमा संभावित जोखिम व्यवस्थाका लागि छुट्याइएको ८२ करोड रूपैयाँ राइटव्याक (फिर्ता) गरेको छ ।
गत असोज मसान्तमा बैंक ११ करोड ६८ लाख रुपैयाँले घाटामा थियो । अघिल्लो वर्षको यही अवधि अर्थात ०७० पुस मसान्तसम्ममा बैंक १९ करोड ८८ लाख रुपैयाँ घाटामा थियो ।
चालु आवको ६ महिनामा बैंकले ब्याज आम्दानीबाट मात्रै ६९ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसै अवधिको भन्दा ३३ करोड ५९ लाख रुपैयाँले बढी हो । यो पुस मसान्तमा बैंकले १ अर्ब ३५ करोड ब्याज आम्दानी गरेको छ भने ६६ करोड ८० लाख रुपैयाँ ब्याज खर्च गरेको छ ।

बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन जसले बैंक सुधारको नेतृत्व गरिरहेका छन् ।
बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन जसले बैंक सुधारको नेतृत्व गरिरहेका छन् ।

‘हामीले ग्राहकलाई सकारात्मक बाटोबाट एप्रोच गर्‍यौँ, अहिले ऋण तिर्दा हुने फाइदा र पछि ऋण तिर्दा हुने बेफाइदाको बारेमा बुझाउन सफल भयौं ।’ प्रभु बैंकको नेतृत्व गरिरहेका निमित्त प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले अनलाइनखबरसँग भने- ‘खराब ऋण उठाउन सक्छौं भन्ने हिम्मतले नै किष्ट बैंकमा प्रभु समूहले हात हालेको थियो ।’
प्रभु बैंकले खराब ऋणीको वास्तविक पीडा बुझेर उनीहरु सँगसँगै अघि बढ्न तयार रहेकाले सफलता प्राप्त गरेको शेरचनले बताए । तत्कालीन किष्टले कर्जा प्रवाह गर्दा धितो र ग्राहकको कमजोर विश्लेषण गरेको पाइएको उनले बताए ।
यसरी उठ्यो खराब कर्जा
आपसमा गाभिए पश्चात आर्थिक वर्ष ०७१/०७२ को असोज मसान्तसम्म १९ करोड खराब ऋण उठेको थियो । त्यसैगरी, कात्तिक मंसिर र पुस महिनामा सार्क हस्पिटल, एप्पल इन्टरेनमेन्ट, एसएन फाउन्डेसन, छायाँ क्रिसेन्ट, नाइल्स रिसोर्ट र मल्ली अटोमोवाइलबाट ७६ करोड ९० लाख रुपैयाँ खराब ऋण उठेको शेरचनले जानकारी दिए ।
त्यसैगरी, पुस १३ गते जम्को प्रकाशन प्रा.लि.मा ०६७ असार २८ गते प्रवाह भएको १२ करोड रुपैयाँ खराब ऋण पनि उठेको छ । तत्कालीन किष्ट बैंकका प्रबन्ध सञ्चालक कमल ज्ञवालीले प्रभु बैंकमा रहेको २२ लाख २८ हजार ४ सय ५६ कित्ता संस्थापक र १ लाख कित्ता सर्वसाधारण बिक्री गरेर ऋण तिरेका हुन् ।
सार्क हस्पिटलमा तत्कालीन किष्ट बैंकले प्रवाह गरेको ४५ करोड रुपैयाँ ऋणमध्ये प्रभु बैंकले २८ करोड रुपैयाँ उठाएको छ । हस्पिटलले बानेश्वरको बुद्धनगरस्थित १४ रोपनी जग्गा बेचेर बैंकलाई ऋण तिरेको हो ।
हस्पिटल सञ्चालक र व्यवस्थापकहरुलाई जग्गा बिक्री गराउन कन्भिन्स गर्न निकै कठिन भएको शेरचनले बताए ।
‘हस्पिटल सञ्चालकहरु जग्गाको भाउ बढ्छ र तिरौंला भन्ने सोचमा थिए र तर, हामीले बल्लबल्ल तीन महिनामा जग्गा बिक्री गर्ने बनायौं’ उनले भने- ‘यो ऋण उठाउन अलि बढी मिहेनत गर्नुपर्‍यो ।’

यो पनि पढ्नुहोस्- प्रभु बैंकले ग्राण्ड बैंक र नेपाल बिकाश बैंक खरिद गर्दै

एप्पल इन्टरटेनमेन्टमा तत्कालीन किष्टले प्रवाह गरेर समस्यामा परेको १८ करोड रुपैयाँ पनि प्रभुले यो त्रैमासमा उठाएको छ । एप्पलले पनि जग्गा बिक्री गरेर ऋण तिरेको हो । यस्तै छायाँ क्रिसेन्ट अपार्टमेन्टमा पनि किष्टको १८ करोड रुपैयाँ फसेको थियो । यो त्रैमासमा अपार्टमेन्टले उक्त ऋण तिरेको छ ।
एसएन फाउन्डेसनमा फसेको तत्कालीन किष्टको ८ करोड रुपैयाँ ऋण पनि यो त्रैमासमा उठेको छ । फाउन्डेसनले कुनै स्थिर सम्पत्ति बिक्री नगरी नगद नै तिरेको छ । यस्तै नाइल्स रिसोर्टले पनि तत्कालीन किष्टबाट लिएको ६ करोड ४० लाख रुपैयाँ ऋण यो त्रैमासमा प्रभु बैंकलाई तिरेको छ । रिसोर्टले अर्को बैंकमा ऋण सारेको बताइएको छ ।
मल्ली अटोमोबाइल्सले पनि तत्कालीन किष्ट बैंकबाट लिएको ३ करोड ५० लाख रुपैयाँ ऋण यो त्रैमासमा प्रभु बैंकलाई तिरेको छ । अटोमोबाइल्सले पनि स्थिर सम्पत्ति बिक्री नगरी बैंकलाई नगद नै तिरेको हो । यी केही मुख्य ऋणीहरु हुन्, जसबाट प्रभुले खराब कर्जा उठाउन सफल भयो ।
यो साल ८० करोड नाफा, १० प्रतिशत प्रतिफल
निमित्त सीइओ शेरचन यो आर्थिक वर्षमा ८० करोड रुपैयाँ खुद नाफा कमाउने लक्ष्य रहेको बताउँछन् । ‘असार मसान्तसम्म ८० करोड रुपैयाँ नाफा कमाउने र लगानीकर्तालाई दोहोरो अंकको प्रतिफल दिने लक्ष्यका साथ अघि बढिरहेका छौं’ शेरचनले भने ।
पुँजी पर्याप्तता अनुपात र खराब कर्जामा केही असन्तुलन रहेकाले बैंकले व्यवसाय विस्तारका लागि बोनस सेयर जारी गर्ने उनले बताए । ‘८० करोड कमाउँदा करिब ३५ करोड रुपैयाँ प्रतिफल बाँड्न सक्छौं’ उनले भने -जुन अहिलेको चुत्ता पुँजीको १० प्रतिशतको हाराहारी हुन आउँछ ।’
किष्ट बैंक घाटामा गएकाले विगत केही वर्षदेखि सेयरधनीले लाभांस पाएका छैनन् । प्रभुले दिने यो प्रतिफल पनि लगानीकर्ताका लागि ठूलो राहत हुनेछ ।

यो पनि पढ्नुहोस्- मर्ज र एक्विजिसनलार्इ सुधारगृहका रूपमा लिएका छाैं- अध्यक्ष भट्टचन

खराब कर्जा १० प्रतिशत मात्रै
किष्ट बैंकको ०७० पुस मसान्तमा कूल कर्जाको १७.५४ प्रतिशत र ०७१ असार मसान्तमा २४.१८ प्रतिशत खराब कर्जा थियो । तर, भदौ ३० गतेदेखि गाभिएर एकीकृत कारोबार गरेपश्चात खराब कर्जामा व्यापक सुधार भएको छ ।

चालू आवको असोज मसान्तमा १५.६५ प्रतिशत र पुस मसान्तमा १०.८६ प्रतिशत मात्रै खराब कर्जा छ । २०७२ असार मसान्तमा खराब कर्जाको मात्रा ७/८ प्रतिशत र ०७२ असोज मसान्तमा ५ प्रतिशतभन्दा तल झार्ने शेरचनले दाबी गरे । (यो पनि पढ्नुहोस गभर्नरले भने- मर्जर सुधार गृह मात्रै हो, नसुध्रिए कठोर कारवाही हुन्छ )

Brabhu-bank-12
मर्जपछि प्रभू बैंकको एकीकृत कारोबारको उदघाटन गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर डा. युवराज खतिवडा

२ अर्ब ७० करोड खराब ऋण उठाउन बाँकी

त्यस्तै रामजानकी मेडिकल कलेज, जयशम्भो इन्टरप्राइजेज, श्रेया ट्रेडिङ, सफला इन्टरप्राइजेज, सुनीताकुमारी शाह, पशुपति काठ मिललयातका करिब १ सय ५० व्यक्ति तथा र्फमबाट २ अर्ब ७० करोड रुपैयाँ खराब ऋण असूल गर्न बाँकी रहेको शेरचनले जानकारी दिए ।
‘सकेसम्म हामी ग्राहकलाई सम्झाएरै असुल्ने प्रयत्न गर्छौ ।’ उनले भने- ‘तर, कतिपय ऋणीहरु सम्पर्कमा छैनन् । प्रहरी प्रशासनको सहयोग लिनुपर्ने अवस्था छ ।’
३३ अर्ब निक्षेप, २७ अर्ब कर्जा
०७१ पुस मसान्तसम्म बैंकले ३३ अर्ब १६ करोड रुपैयाँ निक्षेप संकलन गरी २७ अर्ब २० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
गत वर्षको यसै अवधिमा १९ अर्ब ४० करोड रुपैयाँ निक्षेप संकलन गरी १५ अर्ब ८७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । त्यसैगरी, गत असोज मसान्तमा ३१ अर्ब ६७ करोड रुपैयाँ निक्षेप संकलन गरी २३ अर्ब ९७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।
आगामी असार मसान्तसम्म ४० अर्ब निक्षेप र ३० अर्ब कर्जा पुर्‍याउने लक्ष्य रहेको उनले बताए । तर, ग्राण्ड बैंक र नेपाल विकास बैंक खरिद भए यो वर्षभित्रै बैंकका वित्तीय सूचकांकको अाकार ठूलो हुने छ ।

‘अागामी तीन वर्षका लागि रणनीति तयार गर्न थालेका छौं ।’ उनले भने- ‘असारसम्मको हाम्रो प्राथमिकता बैंकको अवस्था सुधार र खराब ऋण असूली गर्नमै केन्द्रित छ ।’
कर्जाको प्राथमिकता उत्पादनशील क्षेत्रमा
प्रभु समुहले बैंक लिएपछि उत्पादनशील क्षेत्र बैंकको मुख्य लगानीको क्षेत्र भएको छ । अघिल्लो व्यवस्थापनले घर-जग्गा क्षेत्रलाई लगानीको प्राथमिकतामा राखेको थियो । घरजग्गामा आएको मन्दीको कारणले पनि तत्कालीन किष्टलाई समस्यामा पारेको हो ।
‘प्रभु समुहको प्रवेशसँगै बैंकले उत्पादनशील क्षेत्रलाई लगानीको प्राथमिकतामा राखेको छ’ शेरचनले भने-‘हाइड्रो, उद्योग, कृषि, पर्यटनलगायतका उत्पादनशील क्षेत्रमा कर्जा केन्द्रित गरेका छौं ।’
जलविद्युतमा ५ अर्बको प्रतिवद्धता
बैंकले ८४ मेगावाट र २० मेगावाट विद्युत उत्पादन क्षमताका परियोजनासहित २० परियोजनामा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुसँगको सहवित्तीयकरणमा ५ अर्ब रुपैयाँ लगानी गर्ने प्रतिवद्धता गरेको शेरचनले बताए । जलविद्युतमा अझै लगानी बढाउने उनले जानकारी दिए ।
प्रभुसँगै व्यवसायिक घराना भित्रिए
बैंक प्रभु समुहको स्वामित्वमा आएसँगै ठूला व्यवसायिक घरानासँग कारोबार हुन थालेको छ । ज्योति समूह, विशाल समूह, भाटभाटेनी सुपर मार्केट, काठमाडौं स्टील, जगदम्बा स्टील, अविनास पोल्ट्री, बिराटनगर र बीरगञ्जका स्थापित व्यवसायीहरुसँग बैंकले कारोबार थालेको शेरचनले बताए ।
‘तत्कालीन किष्टसँग व्यावसायीक घरानाको कारोबार अत्यन्तै न्यून थियो’ उनले भने- प्रभुप्रति कर्पोरेट क्षेत्रले पनि विश्वास देखाएको छ, यसबाट हामी उत्साहित छौं ।’ बैंकमा सर्वसाधारणको ७५ प्रतिशत र संस्थागत २५ प्रतिशत निक्षेप छ ।
हाल बैंकले १ सय १२ वटा शाखा, १ सय ८ वटा एटीएममार्फत ७ लाख ग्राहकलाई वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । बैंकमा ११ सय कर्मचारी कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?