भारतमै पहिलो पटक ‘कन्डम फेशन शो’को आयोजना गरिएको छ । एउटा चर्चित कन्डम उत्पादन कम्पनीले आयोजना गरेको फेशन शोमा थुप्रै चर्चित मोडलहरु सहभागी थिए ।
उनीहरुले कन्डमबाट तयार भएका पहिरन लगाएका थिए । उक्त फेशन शोमा बलिउड नायिका तथा मोडल मुग्धा गोड्से शो स्टपरको रुपमा सहभागी भएकी थिइन् । उनले लगाएको पहिरन पनि कन्डमबाट डिजाइन गरिएको थियो ।
एचआइभी एड्सका बारेमा मानिसलाई जानकारी गराउन यो फेशन शोको आयोजना गरिएको हो । नायिका गोड्सेले कन्डमबाट तयार भएको पहिरन लगाउँन पाउँदा खुशी लागेको बताउँदै यसले सन्देश दिने खुलाइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4