Comments Add Comment

आर्थिक अभावमा उपचार नपाएर मृत्यु

१६ माघ, धनकुटा । अज्ञात समुहको आक्रमणबाट घाईते भएकी धनकुटाको अर्खौले जितपुरकी एक बालिकाको आर्थिक अभावमा उपचार नपाएर मृत्यु भएको छ ।

गत सोमबार अज्ञात समुहको आक्रमणबाट घाइते भएकी जितपुर-६ की ११ बर्षीया सुजता परियारको उपचार नपाएर गएराति मृत्यु भएको हो ।

टाउकोमा चोट लागेर अचेत अवस्थामा उनी आफ्नै घरमा भेटिएकी थिइन् । धनकुटा जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई बिराटनगरस्थित न्युरो अस्पताल पठाइएको थियो ।

चिकित्सकले उपचारका लागि ९ लाख रुपैयाँ लाग्ने भनेपछि रकम जम्मा गर्न नसकेर अभिभावकले धनकुटा जिल्ला अस्पतालमै फर्काएका थिए । स्वास्थ्य अवस्था नाजुक बन्दै गएकी बालिकालाई चन्दा संकलन गरेर बिहीबार पुनः उपचारका लागि बिराटनगर लगिएको थियो । टाउकोमा चोट लागेको चार दिन बितिसकेको र अवस्था नाजुक भएकोले बचाउन नसकिएको चिकित्सकले बताए ।

आमा घाँस काट्न गएकाबेला ति बालिकालाई अज्ञात समुहले घरमै आक्रमण गरेको थियो । आक्रमण गर्नेको खोजीमा थप सक्रियता बढाइएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
-रबिन कटेलबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment