१६ माघ, काठमाडौं । साउदी अरवका नयाँ राजा सलमानले देशका सबै कर्मचारी, सुरक्षाकर्मी र छात्राहरुलाई बोनस दिने घोषणा गरेका छन् ।
उनको नयाँ घोषणा अनुुसार सेवानिवृत्त भइसकेका कर्मचारीले पनि बोनस पाउने छन् । गत साता अब्दुल्लाहको निधन भएपछि सलमान नयाँ राजा बनेका थिए ।
नयाँ राजा सलमानले गुप्तचर र राष्ट्रिय सुरक्षा सेवाका प्रमुख पनि परिर्वतन गरेका छन् । साथै रक्षा, तेल र विदेश मन्त्रालयका वरिष्ठ अधिकारीहरु पनि परिर्वतन गरिएको बीबीसीले जनाएको छ ।
महत्वपर्ण शहर मक्का र राजधानी रियादको गर्भवर पनि परिर्वतन गरिएको छ । शाह अब्दुल्लाका छोराहरु उक्त पदमा आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4