१८ माघ, पाल्पा । सदरमुकाम तानसेनमा खाल्डामा खसेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा तानसेन–३ का निवासी ६० वर्षीय विष्णु पन्थी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । तानसेनको टुँडिखेल मैदाननजिकै तानसेन नगरपालिकाले आवास निर्माणका लागि खनेको घडेरीको खाल्डामा खसेर उनको मृत्यु भएको हो ।
यस्तै सोही खाल्डामा खसेर अर्का ३५ वर्षीय अर्जुन विक घाइते हुनुभएको छ । पन्थी र विकबीच झगडा भएको र एकार्कालाई धकेलाधकेल गर्दा उनीहरू खाल्डामा खसेका थिए । पन्थीको उपचारका लागि मिसन लैजाँदै गर्दा बाटामा नै मृत्यु भएको थियो भने विकको अहिले उपचार भइरहेको छ ।
शनिबार साँझ ७ बजेतिर झगडा गरेका उनीहरू त्यसको केही समयमा खाल्डामा खसेको प्रहरीको भनाइ छ ।
विक विकलाङ्ग हुन् । पन्थीले लामो समयदेखि तानसेनमा लेखापढी गर्दै आउएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4