Comments Add Comment

रणवीर कपुर र दीपिका एक महिना साथै रहने

deepika-and-ranbir
कट्रिना कैफ, रणबीर कपुर र दीपिका पादुकोण प्रेमसम्बन्धको कारण चर्चामा छन् अहिले । कहिले दीपिकाले आफुले पूर्वप्रेमी रणवीरसँग बिबाह गर्न चाहेको त कहिले कटि्रनालाई बिबाह नगर्न सुझाव दिएका खवरले बलिउड तारिहेको छ ।

कुनै बेला रणबीरकी प्रेमिका रहेकी दीपिका अहिले रणबीर सिंहसँग रमाएकी छिन् भने कट्रिनासँगको सम्बन्धलाई अझै औपचारिकता दिने हिम्मत गरेका छैनन् रणबीरले ।

तर, यति नै बेला रणवीर कपुरले झण्डै एक महिना आफ्नी पूर्व प्रेमिका दीपिका पादुकोणसँग बिताउने भएका छन् ।
दीपिका र रणवीरको मन मुटु छुटिएपनि ब्यबसायिका सम्बन्ध भने टुटेको छैन् । ब्रेकअपपछि पनि उनीहरुले अनस्त्रिmन रोमान्स जारी राखेका छन थुप्रै फिल्ममा ।

दर्शकले उनीहरुको जोडीलाई ब्रेकअपपछि पनि मन पराएका छन् । सायद त्यही कारण होला, दीपिका र रणवीर कपुरलाई लिड रोलमा लिएर बक्सअफिसमा कब्जा जमाउन खोज्ने निर्माताको कमी छैन बलिउडमा ।

इम्तियाज अलिको निर्देशन रहेको ‘तमाशा’ मा दिपीका र रणबीरले मुख्य भुमिका निर्वाह गर्न लागेका छन् । अहिले कैट आदित्य रायको ‘फितुर’ मा काम गरिरहेका छिन् । चाँडो सुटिङ सकाउने योजनामा रहेका निर्देशक रायले सुटिङ अवधिभर कैटलाई नभेटन रणबीरलाई आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment