१९ माघ, काठमाडौं । चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा गत वर्षको यसै अवधिको भन्दा माछापुच्छ्रे बैंकको नाफा ६८.६३ प्रतिशतले बढेको छ । यो असोजमा ३४ करोड ४० लाख रुपैयाँ नाफा कमाएको बैंकले गत वर्षको पुसमा बैंकले २० करोड ४० लाख रुपैयाँ कमाएको थियो ।
व्याज तथा अन्य आम्दानी बढेपछि नाफा बढेको हो । बैंकको खुद व्याज आम्दानी ३६ प्रतिशतले बढेर ६६ करोड ९३ लाख रुपैयाँ पुगेको सोमबार प्रकाशित वित्तीय विवरणमा उल्लेख छ । त्यस्तै, बैंकले फि-कमिसनबाट ९ करोड रुपैयाँ, अन्य आम्दानी र बैदेशिक विनिमयबाट ४ करोड रुपैयाँ नाफा कमाएको वित्तीय विवरणमा उल्लेख छ ।
बैंकले संभावित जोखिम व्यवस्थाका लागि छुट्याइएको ५ करोड ४ लाख रकम फतिर्ा -राइटव्याक) गरेको छ । बैंकले प्रवाह गरेको कूल कर्जा मध्ये १.७३ प्रतिशतथ खराब कर्जा छ ।
एक वर्षको अवधिमा बैंकको कर्जा लगानी ३३ प्रतिशतले र निक्षेप २७ प्रतिशतले बढेको वित्तीय विवरणमा उल्लेख छ । बैंकको प्रतिसेयर आम्दानी बढेर २४ रुपैयाँ छ ।
प्रतिक्रिया 4