२०, माघ धरान । ‘घुम्न जाँउ धरान’ भन्ने मूल नाराका साथ धरानको पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले माघ २४, २५ र २६ गते ११ औं धरान सडक उत्सव-०७१ हुने भएको छ ।
आयोजक होटल एसोसिएशन अफ धरानले धरानमा पत्रकार सम्मेलन गरी सडक उत्सब हुन लागेको जानकारी गराएको हो ।
एसोसियशनका अध्यक्ष सूर्वण श्रेष्ठले यो उत्सवले धरानलाई पर्यटन केन्द्रको विकासका निम्ति र धरानलाई पूर्वको पर्यटन क्षेत्रका रुपमा बिकास गर्नका लागि सहयोग पुग्ने बताए । बिगतमा भएका यस्ता महोत्सवले धरानको विकासमा टेवा पुर्याएको र स्थानीय होटलहरुको स्तर विकास भएकाले निरन्तरता दिएको बताए ।
उत्सवमा जातीय पहिचान झल्किनेखालका कार्यक्रम गर्नुका साथै पर्यटन प्रबर्द्धन सम्बन्धी बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम गरिने आयोजकले बताएका छन् ।
महोत्सवमा बौद्धिक चेतना जगाउने कार्यक्रमहरु पनि गरिने सचिव श्याम पोखरेलले बताए । तीन दिनसम्म चल्ने उत्सवमा जातीय खानाका परिकार, जातीय भेषभुषा झल्किने पहिरनसहित करिब एक सयवटा स्टलहरु रहने छन् ।
प्रतिक्रिया 4