+
+
Shares

इन्दिरा भन्दैछिन्-‘मलाई मायाको बिच्छीले डस्यो’ (भिडियो सहित)

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ २० गते १०:४२

logne-mancheकुनै वेला केटाहरुलाई निकै हेपें भन्ने इन्दिरा जोशी अहिले पनि प्रेमी नपाएको गुनासो गर्छिन् । उनै गायिकाको स्वर रहेको आईटम गीत ‘बिच्छीले डस्यो मलाई’ अहिले चर्चामा छ । यसमा उनले आफुलाई मायाको बिच्छीले डसेको कुरा गरेकी छिन् ।

लय संग्रौला निर्देशित चलचित्र ‘लोग्नेमान्छे’ मा रहेको गीतमा इन्दिराको स्वर रहेको छ भने संगीत चेतन सापकोटाले दिएका छन् ।

आईटम गीत गाएरै चर्चामा आएकी इन्दिराले यो गीत तन्नेरी पुस्ताका दर्शकलाई मन पर्ने धारणा राखिन् । बैशले उन्मत युवति कुनै युवकको गठिलो शरीरप्रति लोभिएजस्तो लाग्छ गीतको भाव सुन्दा । किनकी बैशको रापले आफु मात्तिएको कुरा महिला पात्रले पटक पटक दोहोर्‍याएकी छिन् गीतमा ।

दिलीप रायमाझी र नन्दिता केसीको मुख्य भुमिका रहेको यो फिल्म माघ २३ गतेदेखी प्रदर्शन हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?