+
+

विद्यार्थी कुटेर शिक्षक फरार

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ २१ गते १०:४१

२१ माघ, पथरी । आफ्नो गृहकार्य दिदीलाई गराउन लगाएको निहुँमा सिसवनी जहदा–९ का ६ वर्षीय बालक अजयकुमार महथालाई एक शिक्षकले निर्घात कुटपिट गरेका छन् ।

पोखरिया–६ मा रहेको ज्ञानसागर इङ्लिस बोर्डिङ स्कुलमा नेपाली पढाउने शिक्षक विनोद मण्डलले बालकलाई निर्घात कुटपिट गरेको पीडितको भनाइ छ ।

कुटपिटबाट बालकको दायाँ तिघ्रामा चोट र ढाडमा समेत निलडाम छ । छोरालाई विद्यालय पढ्न पठाएको तर पशुलाई कुटेजस्तो पिटेको भन्दै अजयका बुबा रामदेव महथाले शिक्षकमाथि कारबाहीको माग गरे ।

विद्यार्थीलाई कुटपिट गर्ने शिक्षक छन् । विद्यालयका प्रधानाध्यापक अरुणकुमार मण्डलले विद्यार्थी पिट्नु गलत भएको बताए ।

विद्यार्थीमाथि भएको कुटपिटको चौतर्फी विरोध भएको छ । विद्यार्थी कुटपिटप्रति जिल्ला शिक्षा कार्यालय मोरङले पनि ध्यानाकर्षण भएको जनाएको छ ।

जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक बलराम पराजुलीले सो घटनाको विषयमा छानबिन गरी पीडितलाई न्याय दिने बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?