२१ माघ, काठमाडौं । सहमतीको आधारमा संविधान नबन्ने निष्कर्षसहित आन्दोलन घोषणा गरेको एकीकृत नेकपा माओवादीले प्रस्तावित नेवाः र ताम्सालिङ राज्यस्तरका कार्यकर्ताहरुलाई आज प्रशिक्षण दिँदैछ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता बाबुराम भट्टराई र उपाध्यक्ष नारायणकाजी श्रेष्ठले समसामयीक राजनीति र पार्टीको आगामी योजनाबारे कार्यकर्ताहरुलाई प्रशिक्षण दिनेछन् ।
प्रवक्ता दिनानाथ शर्माले सरकार विरुद्ध आन्दोलनमा जाने योजनाअनुसार कार्यकर्ताहरुलाई प्रशिक्षण दिन लागिएको जानकारी दिए ।
यसअघि एमाओवादी केन्द्रीय समिति बैठकले आन्दोलनका कार्यक्रमहरु देशभर गर्नको लागि नेताहरुको कार्यविभाजन गरेको थियो ।
कार्यविभाजन अनुसार अध्यक्ष प्रचण्डले मध्यकमाण्ड, वरिष्ठ नेता डा. बाबुराम भट्टराईले पश्चिम कमाण्ड र उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पूर्वी कमाण्ड सम्हाल्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4