Comments Add Comment

सामसुङलाई उछिन्दै माइक्रोम्याक्स बन्यो भारतमा नम्बर एक

micro-max

चिनिया बजारमा आफ्नो प्रभुत्व गुमाएको एक वर्ष नपुग्दै स्मार्टफोन निर्माता सामसुङले अर्को ठूलो एसियाली बजार तथा विश्वको तेश्रो ठूलो स्मार्टफोन बजार भारतमा समेत धक्का खानु परेको छ । भारतीय बजारमा सबैभन्दा धेरै स्मार्टफोन बिक्रि गर्न सफल हुँदै आएको सामसुङलाई स्थानीय स्र्माटफोन निर्माता माइक्रोम्याक्सले पछाडि पारेको छ ।

Micromax-Canvas-Hue1बजार अनुसन्धान संस्था क्यानालिसका अनुसार भारतीय बजारमा स्मार्टफोन बिक्रिको हिसाबले पहिलोपटक सस्तो मूल्यको स्थानीय ब्राण्ड माइक्रोम्याक्सले सामसुङलाई उछिनेर पहिलो स्थानमा उक्लिएको हो ।

सन् २०१४ को अन्तिम तिन महिनाको तथ्यांक अनुसार भारतीय स्मार्टफोन बजारमा माइक्रोम्याक्सले २२ प्रतिशत हिस्सा ओगटेको छ । सामसुङको बजार हिस्सा २० प्रतिशतमा झरेको छ ।

भारत विश्वको तेश्रो ठूलो स्मार्टफोन बजार हो र धेरै मोबाइल फोन प्रयोगकर्ताले सामान्य खालका फिचर फोन छाडेर पहिलोपटक स्मार्टफोन प्रयोग गर्दैछन् । भारतमा बिक्रि हुने स्मार्टफोन मध्ये चौथाइ भन्दा बढि स्मार्टफोन १ सय डलर भन्दा कम मूल्यका हुने गरेका छन् ।

फलस्वरुप फोन निर्माताहरु विभिन्न आयस्तर भएका उपभोक्तालाई सुहाउने खालका आधारभुत र सुपथ मुल्यका फोन उत्पादन गर्न तछाडमछाड गरिरहेका छन् ।

क्यानालिसका विश्लेषक रुशाभ दोषीका अनुसार स्थानीय बजारको रुचीलाई पछ्याउनु निकै महत्वपूर्ण बन्दै गएको छ । यो मामिलामा प्रतिस्पर्धी कम्पनीहरु भन्दा माइक्रोम्याक्स अगाडि देखिएको छ ।

आफ्ना फोनलाई सस्तो मूल्यका बनाउनु तथा विभिन्न खाले स्थानीय भाषाहरु समेत फोन सेटमा उपलब्ध गराउने चतुराइँ माइक्रोम्याक्सले गरेको छ । जसका कारण मध्यमवर्गीय उपभोक्ताको बाहुल्य रहेको भारतीय मोबाइल बजारमा माइक्रोम्याक्सले सफलता हात पारेको उनी बताउँछन् ।samsung-Gyalexy-note-4

राजधानी दिल्लीमा मुख्यालय रहेको माइक्रोम्याक्सले आफ्ना ध्वजाबाहक स्मार्टफोनहरु, क्यानभास नाइट्रो र क्यानभास ह्यु को उल्लेखनीय व्यापार गर्न सफल भएको छ । गत वर्षको अन्तिम ३ महिनामा मात्रै माइक्रोम्याक्सले भारतमा २ करोड २० लाख स्मार्टफोन बिक्रि गर्न सफल भएकेा छ । भारतीय स्मार्टफोन बजारमा माइक्रोम्याक्स र सामसुङ पछि कार्बोन र लाभा जस्तै स्थानीय ब्राण्डको दबदबा रहेको बीबीसीले उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment