Comments Add Comment

राजधानीमा सुरु भयो दुईहप्ते जुत्ता मेला

Jutta mela२२ माघ काठमाडौं । नेपाली जुत्ता घरको आयोजनामा बुधबारदेखि राजधानीको भृकुटीमण्डपमा चौथो बिग सेल फुटवयर मेला देखि सुरुभएको छ । यो मेला आगामी फागून १५ गतेसम्म सञ्चालन हुने छ । मेलाको मुद्घाटन सभासद् गगन थापाले गरे ।

सो अवसरमा सभासद थापाले नेपालमा छालाबिनाको मासु खानु भनेको नखाए सरह मानिनु र यसरी मासुमा छाला खानु भनेको जुत्ता खानु बराबर रहेको बताए । यो उद्योगलाई आफुले नजिकबाट निहालिरहेको र निजी क्षेत्रको प्रगतीले मात्र देशको विकास हुने भएकोले जुत्ता उद्योगलाई प्रर्वद्धन गर्न सरकारकोतर्फबाट सहयोग गर्न हरसम्भव प्रयास गर्ने बताए ।

Jutta mela2कार्यक्रममा विशेष अतिथि वस्तुगत पषिद्का उपसभापति विप्लवमान सिंहले नेपाली जुत्ताको ठुला सम्भावना र बजार रहेको बताए । त्यसैगरी, नेपाली जुत्ता घरका सञ्चालक तथा वेस फुटवयर प्रालिका प्रबन्ध निर्देशक होमनाथ उपाध्याय, नेपाल उद्योग वाणिज्य महासंघका सदस्य एवं शिखर सुजका प्रबन्ध निर्देशक रामकृष्ण प्रसाई, जुत्ता उत्पादक संघ नेपालका अध्यक्ष रविन कुमार श्रेष्ठ, संस्थापक अध्यक्ष सुरेन्द्र प्रसाद दाहाल, बरिष्ठ उपाध्यक्ष कृष्ण कुमार फुँयाल, नेपाली जुत्ता घरका सञ्चालक नवराज गौतम र सुरज बन्जाडेलगायत उपस्थित थिए ।

मेलामा नेपालका चर्चित ब्राण्डहरुः शिखर सुज, बिएफ डियरहिल सुज, स्काइ सुज, क्रस रोड, कोसेली छाला जुत्ता उद्योग, लेदर वि·स, टाकुरा सुज र शु ल्याण्ड गरि ८ वटा ब्राण्डका जुत्ता चप्पल हरुका आकर्षक एवं गुणस्तरिय अफिसियल जुत्ता, क्याजुअल जुत्ता, स्पोर्टस जुत्ता, बुटहरु, स्कुल तथा कलेजका युनिर्फम जुत्ताका साथै जेन्टस तथा लेडिज स्याण्डल हरु समेत उपलब्ध हुनेछन ।

यो बिगसेल मेलामा करीव ८० देखि ९० हजार को हाराहारीमा आगन्तुक हरुले अवलोकन गर्ने र करीव २५ देखि ३० हजार जोर जुत्ता चप्पल हरु बिक्री हुने आयोजनकको दाबी छ ।

Jutta mela3नेपाली जुत्ता घर देशकै सवैभन्दा ठुलो लगानी र ठुलो जुत्ता चप्पलहरुको बिक्रि कक्षको रुपमा जमल स्थित राष्ट्रिय नांचघरको पहिलो तलामा ३ वर्ष अघि स्थापना भएको हो । नेपाली जुत्ता घरमा उच्च गुणस्तरकानेपाली ब्राण्डका जुत्ता चप्पलहरुमा ६ महिनाको वारेन्टी सहित बिक्रि गर्ने गरिन्छ जसको कारण नेपाली उपभोक्ताको स्वदेशी ब्राण्ड र नेपाली जुत्ता घर प्रति असाध्यै माया र बिश्वास बढेको जनाईएको छ ।

नेपाली जुत्ता घर स्थापना भएको ३ वर्षको अवधीमा आफ्नो कार्यक्षेत्र बिस्तार गर्दै थप ३ वटा शाखा बिस्तार गर्न सफल भएको छ । राष्ट्रिय नाचघर जमलमा मुख्य सोरुम, र शाखाहरु क्रमशः महाराजगञ्ज चक्रपथ शाखा, ललितपुर कुमारीपाटी शाखा र नमस्ते सुपरमार्केट पुल्चोक शाखा स्थापना गर्दर्ै उपभोक्तालाई थप सेवा र सुविधा दिने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment