+
+
Shares

एनआइबिएल सम्मृद्धि फण्डको १० करोड इकाइ सूचिकृत गर्ने सम्झाैता

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ २३ गते १०:००

NIBL Capital२३ माघ काठमाडौं । एनआइबिएल सम्मृद्धि फण्ड-१ को कूल १ अर्ब रुपैयाँ बराबरका १० करोड इकाइ सूचिकृत हुने भएको छ । सूचिकरणसम्बन्धी सम्झौतापत्रमा एनआइबिएलका कार्यकारी प्रमुख शिवान्तबहादुर पाँडे र नेपाल स्टक एक्सचेन्जका महाप्रबन्धक सीताराम थपलियाले हस्ताक्षर गरेका छन ।

फण्डले गत मङसिर १७ गतेदेखि २१ ग्तेसम्म सर्वसाधारणका लागि इकाइ बिक्री खुल्ला गरेको थियो । एनआइबिएल क्यापिटल नेपालइ न्भेष्टमेण्ट बैंकको पूर्ण स्वामित्वको कम्पनी हो ।

एनआइबिएल सम्मृद्ध फण्ड योजनाको बिक्री प्रबन्धक थियो । यस योजनाको प्रारम्भिक पुँजी ८० करोड रुपैयाँ रहेको थियो । बढी माग भएका कारण नियमानुसार पुँजी १ अर्ब रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ । यस योजनाका लागि २ अर्ब ५करोड रुपैयाँको मागसहित आवेदन परेको थियो । यो मागभन्दा ३ गुणा बढी हो ।
फण्डको बाँडफाट पुस २३ गते गरिएको थियो । फण्डमा सेयरधनी संख्या ९ हजार ४ सय २ पुगेका छन । ५ हजार इकाईसम्मका लागि आवेदन दिएका साना लगानीकर्तालाई सबै इकाई बाँडफाट गरिएको र सोभन्दा माथिको आवेदकलाई करिब ३४.७७ प्रतिशत बाँडफाट गरिएको थियो । योजनाको कुल पूँजीमा संस्थागत लगानीकर्ताहको ६५ र व्यक्तिगत लगानीकर्ताको ३५ प्रतिशत हिस्सा रहेको छ ।

एनआइबिएल समृद्धि फण्ड बन्दमुखी योजनाहो जसको योजना अवधि बाँडफाटको मितिबाट ७ वर्षको रहनेछ । यस कोषको कोष प्रर्वद्धकमा नेपाल इन्भेष्टमेण्ट बैंक र योजना व्यवस्थापक तथा डिपोजिटरीमा एनआइबिएल क्यापिटल मार्केट्स रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?