Comments Add Comment

रोल्पामा महराको ‘एक्सन-कट’

mahara-u-dghatan
एकिकृत नेकपा माओवादीका नेता एवं रोल्पा जिल्ला क्षेत्र नम्बर १ का सभासद् कृष्ण बहादुर महराले आजबाट सुरु भएको ‘अन्तरराष्ट्रिय चलचित्र कार्यशाला’को उद्घाटन गरेका छन् । उनले चलचित्रको शैलीमा ‘एक्सन-कट’ हानेर कार्यशालाको उद्घाटन गरेका थिए ।

अखिल नेपाल चलचित्रकर्मी संघको आयोजनामा पश्चिम नेपालमा रहेको रोल्पा जिल्लाको सदरमुकाम लिवाङमा शुक्रबारबाट सुरु भएको कार्यशाला नौ दिनसम्म चल्नेछ । कार्यक्रममा बोल्दै प्रमुख अतिथी महराले नेपाली चलचित्रको स्तर वृद्धीका लागि आफ्नो स्तरबाट हरेक  प्रयास गर्ने भन्दै आपसी छलफल गरेर अगाडि बढ्ने बताए । sahavagi

कार्यक्रममा बोल्दै संघका अध्यक्ष केपी पाठकले नेपाली चलचित्रको आफ्नै परिचय स्थापित गर्नका लागि यो कार्यशालालाई नेपाली चलचित्रको नयाँ आन्दोलनको रुपमा लिइएको बताए । कार्यशालामा ६०  जना चलचित्रकर्मी सहभागी छन् । नेपाली चलचित्रकर्मीलाई प्रशिक्षण दिनका लागि भारतबाट आएका चलचित्र विज्ञ सेखर दास, निर्देशक तथा छायांकार सन्नी जोसेफ, इजिप्टबाट आएकी चलचित्र समिक्षक, लेखक, सम्पादक सफला एलाइसी हागले प्रशिक्षण दिनेछन् ।

कार्यक्रमको उद्घाटन सत्रमा स्थानिय संकृतीसहित माला र अविरले सहभागीहरुलाई स्वागत गरिएको थियो । उद्घाटन कार्यक्रममा चलचित्र लेखक तथा निर्देशक ओमप्रतिक र कुलानन्द गिरीलाई रोल्पाको स्थानिय संकृतीको उत्थानका लागि योगदान गरेको भन्दै सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment