केही दिन अगाडि शुभसाइत गरेर निर्माण आरम्भ गरिएको चलचित्र ‘चलेछ बतास सुस्तरी’मा नेपालका चर्चित गायक तथा गायिकाले आवाज दिएका छन् । विकास चौधरी र सन्तोष रजौरेको संगीत रहेको चलचित्रमा प्रदिप भारद्धाजले गीतले लेखेका छन् ।
शनिबार नेपाली चलचित्रका चर्चित पाश्र्व गायक तथा गायिकाले स्वर दिएका छन् । गायक स्वरुपराज आचार्य, डेभिड शंकर, गायिकाद्धय प्रविशा अधिकारी र आकांक्षा बस्यालले चलचित्रका गीतमा स्वर दिएका हुन् ।
यो चलचित्रलाई नव-निर्देशक सब्बु सुवेदी र अनिला खड्काले निर्देशन गर्दैछन् । प्रदिप भारद्धाजको क्रश फिन्गर्स इन्टरटेन्मेन्ट तथा अरुण खड्काको अरुण फिल्मस् प्रोडक्शनको ब्यानरमा यो चलचित्र निर्माण हुन लागेको हो ।
यो चलचित्रको निर्माण यूनिट आजबाट छायांकन सुरु गर्न चरिकोटतर्फ लागेको छ । चलचित्रको शिर्ष गीतमा नायिका सुष्मा कार्की र कलाकार प्रमोद भारद्धाजलाई फिचरिङ गरिनेछ । चलचित्रमा हरी लामाको छायांकन रहनेछ ।
प्रतिक्रिया 4