Comments Add Comment

११ वर्षको फेसबुकका ११ रोचक तथ्य

13527381_h22199381सन् २००४ को फेब्रुअरी ४ मा स्थापना भएको सोसल नेटवर्किङ साइट फेसबुकको उमेर ११ वर्ष पुगेको छ । यी ११ वर्षमा फेसबुक दुनियाको सबैभन्दा ठूलो सामाजिक संजाल बन्न मात्र सफल भएन दुनियाकै मूल्यवान कम्पनी मध्येको एक समेत बन्न सफल भएको छ । हामी सबैजसोले फेसबुक अवश्य चलाउँछौ होला । तर फेसबुक बारेका केही रोचक तथ्य हामीलाई जानकारी नहुन सक्छ । फेसबुकका केही रोचक तथ्य यस्ता छन्-

१. फेसबुकका प्रयोगकर्ताको संख्या १ अर्ब ३९ करोड छ । सबैभन्दा धेरै प्रयोगकर्ता अमेरिकामा छन् । अमेरिकामा १२ करोड ३० लाख जनाले फेसबुक चलाउँछन् । दोश्रो स्थानमा रहेको भारतमा फेसबुक चलाउनेको संख्या १० करोड १५ लाख छ । तर सन् २०१७ सम्ममा भारत विश्वका सबैभन्दा धेरै फेसबुक प्रयोगकर्ता भएको देश बन्नेछ । उक्त अवधिसम्ममा भारतमा फेसबुक प्रयोगकर्ताको संख्या १४ करोड ५९ लाख पुग्नेछ भने दोश्रो स्थानमा झर्ने अमेरिकामा फेसबुक प्रयोगकर्ता १३ करोड ८८ लाख जना हुनेछन् ।

२. फेसबुक कम्पनीमा ५ जना कर्मचारी अर्बपति छन् । त्यसमा सहसस्थापक मार्क जुकरबर्ग, डस्टिन मोस्कोभिज, इडुआर्डो साभेरिन, पहिलो अध्यक्ष सिन पार्करका साथै सिओओ सेरिल स्याण्डवर्गले विश्वका अर्वपतिको सूचिमा आफुलाई उभ्याउन सफल भएका छन् ।

३. फेसबुकको सम्बन्धमा बनेको चर्चित हलिउड मूभी दी सोसल नेटवर्क सन् २०१० मा रिलिज भएको हो । यसले ४ वटा विधामा गोल्डेन ग्लोब अवार्डका साथै ३ वटा विधामा ओस्कार अवार्ड पाउन सफल भएको थियो ।

४. स्थापना भएको ५ वर्षमै फेसबुक विश्वको नम्वर वान सोसल नेटवर्क बन्न सफल भएको थियो । सन् २००९ को जुन महिनामा फेसबुकले माइस्पेसलाई पछि पार्दै विश्वको सबैभन्दा लोकपि्रय सोसल नेटवर्किङ साइटको रुपमा आफुलाई उभ्याउन सफल भयो ।

५. फेसबुकमा पहिलो लगानी गर्ने मानिस पे-पलका सह सस्थापक पिटर थिएल हुन् । उनले सुरुमा फेसबुकमा ५ लाख डलर लगानी गरेका थिए ।

६. सन् २००७ मा फेसबुकले आफ्नो १.६ प्रतिशत शेयर २४ करोडमा माइक्रोसफ्टलाई बेचेको थियो, जतिबेला कम्पनी शेयर बजारमा नगएको भएपनि जल्दोबल्दो थियो । माइक्रोसफ्टलाई शेयर बेच्ने बेलामा फेसबुकले शेयर किन्ने गुगलको प्रस्ताव अस्विकार गरेको थियो ।गुगललाई जिल्याएर माइक्रोसफ्टले फेसबुकमा लगानी हाल्न सफल भएको थियो उतिबेला ।

७. नोभेम्बर, २०१३ मा म्यासेजिङ प्लाटर्फम स्नापच्याटले फेसबुकद्वारा गरिएको कम्पनी खरीदको प्रस्ताव अस्विकार गरेको थियो । उतिबेला फेसबुकले स्नापच्याटलाई ३ अर्ब डलरमा किन्ने प्रस्ताव गरेको थियो । तर सन् २०१४ को फेब्रुअरीमा फेसबुकले स्नापच्याटलाई आफ्नो बनाइछाड्यो, १९ अर्ब रुपैयाँ खर्चेर । फेसबुकले आफुमा विलिन बनाएका अन्य कम्पनीहरुमा १ अर्बको इन्स्टाग्राम र २ अर्बको ओकुलस भीआर रहेका छन् ।

८. फेसबुकले कुनै देशको संविधान निर्माणमा समेत सहयोग गरेको छ भन्दा तपाइँलाई अनौठो लाग्ला वा पत्यारै नलाग्ला । तर युरोपको सानो देश आइसल्याण्डले आफ्नो देशको संविधान संसोधनका लागि सन् २०११ मँ फेसबुक र टि्वटरमार्फत जनताको मत तथा सुझाव संकलन गरेको थियो ।

९.फेसबुकको वेब एड्रेस फेसबुक डट कममा ‘४’ अंक थप गरी क्लिक गर्नुभएको छ ? यदि यसो गर्नुभयो भने फेसबुकका सिइओ मार्क जुकरवर्गको पेज सिधै खुल्छ । आफ्नो अकाउण्ट लगइन नगरेको अवस्थामा समेत एड्रेस बारमा गएर www.facebook.com/4 टाइप गर्दा जुकरबर्गको पेज खुल्दछ । कमेन्ट वा पोष्ट गर्दा @[4:0}  टाइप गर्नुभयो भने जुकरबर्गको नाम देखापर्छ ।

१०. फेसबुकले यस्ता वेबसाइटका डोमेन आफ्नो नाममा गराएको छ जसले फेसबुककै आलोचना गर्छन् । जस्तै I hate “acebook credits’, ‘I hate the “acebook Like button’ and ‘Like button sucks’ आदि ।

११. विश्वमा इन्टरनेट प्रयोग गर्ने हरेक १ सय जना मध्ये ७१ जनाले फेसबुक चलाउँछन् । तथापि विश्वको सबैभन्दा बढि जनसंख्या रहेको चीनका केही भागमा फेसबुक प्रतिबन्धित छ । उत्तर कोरियामा भने फेसबुक पूर्ण रुपमा प्रतिबन्धित रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment