+
+
Shares

नेपाल-भारत सीमामा अब निःशस्त्र एसएसबी

२६ माघ, भैरहवा । नेपाल-भारत सिमा सुरक्षाको लागि बन्दुक सहित खटिने भारतीय सीमा सुरक्षाबल (एसएसबी)का जवानहरु अब निःशस्त्र खटिने भएका छन् । हाल सव-ईन्सपेक्टरको कमाण्डमा १ हवल्दार, ३ प्रहरी जवान र १ महिला प्रहरीलाई सीमामा खटाइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ २६ गते १४:१५

SSB

  • सुनौली नाकामा एसएसबीको पारस्परिक व्यवहारिक दलका जवानसँग हात मिलाउँदै डिआइजी प्रताप सिंह चुडावत

सलमान खान, रुपन्देही/आरपी सुवेदी, नेपालगञ्ज

२६ माघ, भैरहवा । नेपाल-भारत सिमा सुरक्षाको लागि बन्दुकसहित खटिने भारतीय सीमा सुरक्षाबल (एसएसबी)का जवानहरु अब निःशस्त्र खटिने भएका छन् ।

सीमानाकाबाट आवत जावत गर्नेहरुलाई बन्दुक सहित खटिएका सुरक्षाबलले सोधपुछ गर्दा नकारात्मक असर परेको भन्दै सोमबारदेखि निःशस्त्र परिचालन गर्न सुरु गरिएको हो ।

नेपाल-भारत सिमानाका सुनौलीमा सोमबार आयोजित एक कार्यक्रममा भारत गोरखपुरका डिआइजी प्रताप सिंह चुडावतका अनुसार अबदेखि एसएसबीका जवानहरु सादा पोशाकमा निःशस्त्र खटिने छन् र एसएसबीको हरियो रंगको ज्याकेट लगाउनेछन् ।

यसरी परिचालित एसएसबीलाई ‘पारस्परिक व्यवहारिक दल’ नाम दिइएको छ । यीनीहरुलाई परीक्षणको रुपमा हाल सुनौली र रुपैडिहा नाकामा खटाइएको छ । यो प्रयोग सफल भए नेपाल-भारतका अन्य सिमानाकामा पनि परिचालन गर्ने योजना छ ।

हाल सव-ईन्सपेक्टरको कमाण्डमा १ हवल्दार, ३ प्रहरी जवान र १ महिला प्रहरीलाई सीमामा खटाइएको छ ।

रुपैडिहामा सोमबार सुरुवात गर्दै भारतीय सशस्त्र सीमा बल (एसएसबी) सेक्टर लखिमपुर खीरीका उप-महानिरिक्षक डिआईजी उपेन्द्रकुमार बलोदीले दुबै देशका जनताको मन जितेर काम गर्ने बताए ।

SSB-Checking-at-Rupaidiha
रुपैडिहा नाकामा चेकिङ गर्दै एसएसबी

उनले भारतको उत्तराञ्चल, उत्तरप्रदेश, विहार र बंगाल प्रदेशसँग जुटेका नेपाली भूभागको मुख्य ८ नाकाबाट यो कार्यक्रम सुरु गर्ने गरी तयारी गरिएको बताए ।

यसका लागि ५०-६० जनाको जनशक्तिलाई तीन दिनसम्म विभिन्न क्षेत्रका बिज्ञहरुबाट विशेष तालिम दिईएको उनले जानकारी दिए ।

मानव तस्करी, जाली मुद्राको कारोवार, लागुऔषध, बालश्रम, बन तथा बन्यजन्तुको तस्करी, आतंकवाद जस्ता कार्य रोक्न एसएसबी सक्रिय हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?