+
+
Shares

कोलिफर्म भेटिएपछि उपभोक्ताले धाराको पानी खान छोडे

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ २८ गते ९:२२

२८ माङ, मोरङ । धाराको पानीमा कोलिफर्म नामक जीवाणु भेटिएपछि नेपाल खानेपानी संस्थानले विराटनगरमा वितरण गर्दैआएको पानी उपभोक्ताले पिउन छोडेका छन् ।

पाइप दुलो पर्ने, पानी चुहावट हुने र ढलबाट फोहर मिसिने समस्याबाट खानेपानी प्रदूषित भएको पनि परीक्षण गर्दा कोलिफर्म देखिएकाले उपभोक्ताले खानेपानी पिउन छोडेका हुन् ।

drinking water

विराटनगरका १, २, ३, ४, ७, १३, १४, १५, १६ नम्बर वडामा रहेका स्कुल, क्याम्पसका साथै अन्य उपभोक्ताले चापाकलको पानी प्रयोग गर्दै आएका छन् । निर्धक्क भएर पानी खान अझै पनि नसकेको उपभोक्तामञ्च मोरङका अध्यक्ष मोहन भट्टराईले बताए ।
संस्थान विराटनगरका प्रमुख सन्तोषकुमार रौनियारले संस्थानद्वारा वितरीत पानीमा सुधार आइसकेको भए पनि पानी उमालेर मात्र प्रयोग गर्न आग्रह गरेका छन् ।

पाइप दुलो पर्ने र पानी चुहावट हुने तथा ढलबाट फोहर मिसिन जाने समस्याबाट संस्थान गुज्रिरहेको उनले बताए ।
आजभन्दा ३० वर्षअघिका पुराना पाइप जीर्ण भएकाले पाइप नफेरिकन समस्या समाधान नहुने प्रमुख रौनियारको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?