+
+
Shares

उर्जा र पर्यटनमा बढ्यो विदेशी लगानी

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ २८ गते १४:०४

FDI-investment२८ माघ, काठमाडौं । जलविद्युत र पर्यटन क्षेत्रमा अघिल्लो वर्षको तुलनामा विदेशी लगानी प्रस्ताव उल्लेख्य बढेको छ ।

साउन देखि माघसम्म विद्युतमा ३३ अर्ब ७५ करोड र पर्यटनमा ३ अर्ब १ करोड रुपैयाँ लगानी प्रस्ताव आएको उद्योग विभागले जनाएको छ ।

अघिल्लो वर्षको यही अवधिमा विद्युतमा १० अर्ब ९४ करोड र पर्यटनमा ४८ करोड रुपैयाँ मात्र लगानी प्रस्ताव आएको थियो ।

उर्जा र पर्यटनमा देखिएको लगानीकर्ताको आकर्षणले कुल विदेशी लगानी प्रस्ताव बढेको छ । अघिल्लो आर्थिक वर्षको दश महिनामा १६ अर्ब ५५ करोड रुपैयाँ कुल लगानी प्रस्ताव आएकोमा यस वर्ष ४० अर्ब ६२ करोड रुपैयाँको प्रस्ताव आएको विभागले जनाएको छ ।

विभागमा कृषि तथा बन, पूर्वाधार, उर्जा, उत्पादन, खानी, सेवा र पर्यटन गरि ७ विद्यामा लगानी प्रस्ताव आएको छ । दश महिनामा उर्जा, पर्यटन र खानी क्षेत्रमा बाहेक अन्य चार क्षेत्रमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा लगानी प्रस्ताव घटेको छ ।

विभागका अनुसार अघिल्लो वर्षको दश महिनामा खानीजन्य उद्योगमा ११ करोड लगानी प्रस्ताव आएकोमा यस वर्ष १९ करोड रुपैयाँ आएको छ ।
कृषि तथा बनमा ५२ करोड, पूर्वाधारमा १० करोड, उत्पादनशील क्षेत्रमा ५६ करोड, सेवा क्षेत्रमा दुई अर्ब ४७ करोड रुपैयाँ लगानीले विभागबाट स्वीकृति लिएको छ । अघिल्लो वर्ष यी क्षेत्रमा पूर्वाधारमा लगानी प्रस्ताव आएन भने उत्पादनशील क्षेत्रमा ७९ करोड र सेवा क्षेत्रमा तीन अर्ब ४९ करोड रुपैयाँ प्रस्ताव आएको थियो ।

दश महिनाको अवधिमा सबैभन्दा बढी लगानी भित्राउने मुलुक भारत बनेको छ । भारतबाट मात्र ३४ अर्ब ३१ करोड रुपैयाँ लगानी प्रस्ताव आएको विभागले जनाएको छ । १४ परियोजना मार्फत आउन लागेको भारतिय लगानीमध्ये ३३ अर्ब रुपैयाँ जलविद्युतमा मात्र रहेको छ ।

यस वर्ष चीनबाट लगानी प्रस्ताव स्वात्तै घटेको छ । अघिल्लो वर्षको दश महिनामा ६ अर्ब ६० करोड रुपैयाँ लगानी प्रस्ताव आएको चीनबाट यस वर्षको सोही अवधिमा जम्मा एक अर्ब ९२ करोड रुपैयाँ लगानी गर्ने प्रस्ताव आएको छ ।

सबैभन्दा बढी लगानी प्रस्ताव आएको उर्जा क्षेत्रमा भारतबाट मात्र ३३ अर्ब ७३ करोड रुपैयाँ र दक्षिण कोरियाबाट दुई करोड रुपैयाँ लगानी प्रस्ताव आएको छ ।

यस वर्ष ठूला परियोजनामा ३७ अर्ब २ करोड रुपैयाँ लगानीको प्रस्ताव गरिएको छ । आठ परियोजना मार्फत आउने उक्त लगानीबाट ९ सय ८१ जनालाई रोजगारी उपलब्ध गराउने प्रतिवद्धता जनाइएको छ ।

मध्यम स्तरको परियोजनामा एक अर्ब रुपैयाँ लगानी प्रस्ताव आएको छ भने साना परियोजनामा दुई अर्ब ५८ लाख रुपैयाँ प्रस्ताव आएको विभागले जनाएको छ । मध्यम परियोजनामा ८ सय ३५ र साना परियोजनामा ५ हजार ४ जनालाई रोजगारी दिने प्रतिवद्धता जनाइएको छ ।

देश परियोजना विदेशी लगानी (रू.दश लाखमा) रोजगारी
भारत १४ ३४३१४.६३ ३७४
चीन ७९ १९२४.०२ ३३०२
यूके १२२२.५८ ५१४
टर्की १०५०.०० १३०
बि्रटिस भर्जिन आइल्यान्ड ९००.०० २००
युएसए १५ ३४५.८६ ३८३
साउथ कोरिया १२ १४३.६० ४७०
रसिया १०५.०० १३१
डेनमार्क १०४.९९ ९७
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?