एक रियालिटी सोमा अश्लिल जोक गरेको भन्दै निर्देशक करण जोहरको खुवै आलोचना भइरहेको छ । केही बलिउड स्टारहरु करणको बचाउमा लागे पनि अभिनेता सलमान खान र अमिर खानले भने करणकै आलोचना गरेका छन् ।
बलिउड हंगामाका अनुसार सलमानले करणलाई फोन गरेरै आफ्नो असन्तुष्टी जनाएका छन् । उनले भने कि, ‘शो मा जुन भद्दास्तरको भाषा प्रयोग गरियो, त्यसले कलाकारको इज्जत घटायो, त्यसलाई कुनै पनि हालतमा सही मान्न सकिन्न ।’
सलमानले करणकै निर्देशनमा बन्न लागेको फिल्म ‘शुद्धि’ मा अभिनय पनि गर्दैछन, तर उनले आफ्नो असन्तुष्टी मनमै राख्न सकेनन् र करणप्रति आक्रोश पोखे । सूत्रहरुका अनुसार त्यस शो मा सलमान र उनको परिवारतप्रति पनि केही ब्यङ्ग्य गरिएको थियो, जसलाई हटाएरमात्र युट्युवमा अपलोड गरिएको हो ।
यसैगरि अभिनेता अमिर खानले पनि अश्लिल भाषा प्रायोगप्रति आपत्ति जनाएका छन् । पत्रकारसँग कुरा गर्दै अमिरले भने- मैले पुरै शो त हेर्न पाइन, तर जति हेरेँ त्यसले मलाई निकै दुःखी बनायो ।’
अमिरले यसबारे आफुले करण जोहोर र अर्जुन कपुरलाई फोन गरेरै असन्तुष्टी जनाएको जानकारी दिए ।
एआईवी रोष्ट नामक यो शो मा अर्जुन कपुर, रणवीर सिंह, आलिया भट्ट, दीपिका पादुकोण, सोनाक्षी सिन्हा लागयतका कलाकार सहभागी थिए । बिबाद बढ्दै गएपछि यो शो युट्युवबाट हटाइएको छ ।