+
+
Shares

नेप्बे डटकमको भ्यालेनटाइन डेमा हजार उपहार

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ २९ गते १८:१४

Neppbay२९ माघ काठमाडौं । नेपालको इ-कमर्स (विद्युतीय कारोबार) कम्पनी, नेप्बे डट कमले भ्यालेन्टाइन दिवसको अवसर पारेर आफ्ना ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गरेको छ ।

नेप्बे डट कममा गएर ग्राहकले सीधै आफ्नो प्रियजनलाई उपहार पठाउन सक्नेे नेप्बेका प्रमुख राजाराम नेपालले जानकारी दिए । नेप्बेले स्थापना कालदेखि देशभरी नै छिटो र विश्वसनिय डेलिभरी सेवा निःशुल्क उपलब्ध गराउँदै आएको नेपालको दाबी छ ।

कम्पनीले हालै भ्यालेन्टाइन डेलाई लक्ष्यगरी एक हजारभन्दा बढी उपहार सामाग्री थप गरेको जनाएको छ । विभिन्न पसल, कम्पनी, ब्राण्ड र नेपाली उत्पादकहरुद्वारा केक, गुलाब, फूलहरु, चकलेट, जुत्ता, कपडा, घडी लगायतका विभिन्न आकर्षक उपहार सामाग्रीहरु राखिएको नेपालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?