१ फागुन, काठमाडौ । कृषि तथा जलस्रोत समितिको आजको बैठक बस्दै नबसी स्थगित भएको छ । उर्जा मन्त्रालयको प्रगति बिवरणबारे छलफल गर्न डाकिएको बैठकमा कुनै सूचना नै नदिइ उर्जा मन्त्री राधा ज्ञवाली उपस्थित नभएपछि समितिको बैठक प्रभावित भएको हो ।
मन्त्री उपस्थित नभए पनि मन्त्रालयका अन्य अधिकारीहरु भने उपस्थिति भएका थिए । तर, मन्त्रालयका अन्य पदाधिकारीहरु संसद समिति प्रति जवाफदेही नहुने तथा मन्त्रालयको नै समिक्षा बैठकमा मन्त्री उपस्थिति नभएकाले आजको बैठक स्थगित गरिएको समितिका सभापति गगन थापाले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4