+
+
Shares

स्वीस बैंक र सुमार्गीको पैसाबारे सभासदको चासो

अनलाइनखबर अनलाइनखबर
२०७१ फागुन १ गते १७:५८

१ फागुन, काठमाडौं । ‘सभापतिज्यू राष्ट्र बैंकले विदेशबाट आएको केही अर्ब रुपैयाँ रोकेका कारण संविधान निर्माण प्रक्रियामै बाधा पुगेको हल्ला चलेको छ, त्यसो हो भने वार्तामा असर पार्नुहुँदैन’ संसदको अर्थ समितिमा शुक्रबार एमालेका सभासद केशव बडाल कड्किए ।

Swiss-Leaksबडाललगत्तै अरु सभासदले एकै स्वरमा भने-स्वीजरल्याण्डको बैंकमा नेपालीको ५ करोड ४० लाख डलर अर्थात ५ अर्बभन्दा बढी रुपैयाँ रहेको खुलासा भएको छ, त्यो पैसा कसको हो ? जनताले थाहा पाउनुपर्छ ।

अर्बौं रुपैयाँ, त्यो पनि विदेशी बैंकसँग गाँसिएको विषय आएपछि अर्थ समितिका सभापति प्रकाश ज्वालाले यसबारेमा सरकार र सम्बद्ध निकायसँग बुझ्नुपर्ने निष्कर्ष सुनाए ।

शुक्रबार बिहान बसेको अर्थ समिति बैठकमा सभासदहरुले विदेशको बैठकमा रहेको पैसा र विदेशबाट नेपाल भित्रिए पनि राष्ट्र बैंकले निकाल्न नदिएको भनिएको व्यापारी अजय सुमार्गीको पैसाका बारेमा चासो राखेपछि यसबारे सरकारसँग बुझ्ने निर्णय भएको हो ।

मन्त्री र गभर्नरलाई बोलाउने निर्णय

स्वीस बैंकमा रहेको नेपालीको पाँच करोड ४० लाख डलर र राष्ट्र बैंकले रोकेको भनिएको सुमार्गीको साढे ३ अर्ब रुपैयाँबारे जानकारी दिन समितिले अर्थमन्त्री डा. रामशरण महत र राष्ट्र बैंकका गभर्नर डा. युवराज खतिवडालाई बोलाउने भएको छ ।

‘यी दुबै विषय संवेदनशील भएकाले यथार्थ जानकारी माग्न अर्थमन्त्री र गभर्नरसहित सम्बद्ध अधिकारीलाई आइतबार बोलाउने निर्णय भएको छ’ सभापति प्रकाश ज्वालाले अनलाइनखबरसँग भने ।

खोज पत्रकारहरुको अन्तर्राष्ट्रिय संस्था आइएसीआईजेले स्वीस लीग नामक प्रोजेक्टमा स्वीटरल्यान्डको एचएसबीसी बैंकमा रहेको कालो धनको सूची सार्वजनिक गरेको छ । जसमा नेपालबाट पाँच करोड ४० लाख डलर जम्मा भएको देखाइएको छ ।

उक्त रकम आठ नेपालीको भएको र ती खाताहरु चालू अवस्थामा रहेको बताइए पनि खातावालाको नाम भने सार्वजनिक गरिएको छैन । समितिले यसको विवरणसमेत मागेको छ ।

अजय सुमार्गी
अजय सुमार्गी

सुमार्गीको पैसाबारे सोधिने

एमाओवादी अध्यक्ष प्रचण्डनिकट व्यवसायी अजय सुमार्गीको नाममा विदेशबाट आएको पैसा राष्ट्र बैंकले रोकेको सन्दर्भमा पनि गभर्ननरसँग जानकारी लिइने भएको छ ।

वैदेशिक लगानीको रुपमा आएको पैसाको वास्तविक स्टाटस के हो भन्ने जानकारी लिन खोजिएको सभापति ज्वालाले बताए ।

एमाले सभासद बडालले शीर्ष नेताहरुको वार्तामै असर पर्ने गरी राष्ट्र बैंकले विदेशबाट आएको पैसा रोकेको चर्चा चलेको भन्दै त्यो पैसा कसको हो भन्ने प्रष्ट हुनुपपर्ने बताए । ‘त्यो पैसा कसको हो खोजौं । तर, यसका कारण वार्तामा असर पर्छ भने चूप लागौं’ बडालले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?