१ फागुन काठमाडौं । रेमिटान्स सेवा प्रदायक आइएमइले सामाजिक सञ्जालमा आबद्ध क्रिकेट प्रेमी सेवाग्राही लक्षित पछिल्लो प्रवर्द्धन गर्ने उद्देश्यले ४५ दिन लामो आइएमइ फेन्टासी क्रिकेट वल्र्डकप फेसबुक प्रतियोगिता संचालन गर्ने भएको छ ।
फेब्रुवरी १३ बाट सुरु भएको यो प्रतियोगितामा सबै नेपाली फेसबुक प्रयोगकर्ताहरु सहभागी हुन सक्नेछन ।
सहभागिताको लागि कम्पनीको आधिकारिक फेसबुक पेज www.facebook.com/imeremit मा लगइन गरि कन्टेस्ट एपमा जानु पर्नेछ । प्रतियोगीले तत्काल १० हजार अंक प्राप्त गर्नेछन् । सहभागीको प्रत्येक वल्र्डकपको नतिजाको आधारमा अंक घटबढ हुनेछ । ४५ दिनको अवधिमा प्रतियोगिता मध्य उच्चतम अंक पुर्वानुमान प्राप्त गर्ने प्रतियोगिलाई बिजयी घोषित गरिनेछ ।
बिजयी प्राप्त गर्ने प्रतियोगिले ३२ इञ्चको सामसुङ एलइडी टेलिभिजन, एक थान डीस होम स्मार्ट बक्स र तीन महिनाको लागि डीस होम रिचार्ज प्राप्त गर्नेछन् । यसका साथै, प्रतियोगिता मध्यबाट ‘लक्की ड्र मार्फत’ फरक फरक विधामा दुई जनालाई डीस होम स्मार्ट बक्सद्वारा पुरस्कृत गरिनेछ ।
कम्पनीको आधिकारिक फेसबुक पेजमा पोष्ट भएका प्रश्नको सहि उत्तर दिने प्रतियोगिलाई साप्ताहिक ‘लक्की ड्र मार्फत’ एन.टि.सि तथा एनसेलको रिचार्ज कार्ड प्रदान गरिनेछ । प्रतियोगि सबैको नतिजा कम्पनीको आधिकारिक फेसबुक पेजमार्फत् सार्वजनिक गरिनेछ ।
विश्वका विभिन्न देशमा अन्र्तराष्ट्रियस्तरको विप्रेषण सेवा दिदैँ आएको आइएमइ नेपाल राष्ट्र बैंकको इजाजतमा सन् २००१ मा स्थापना भएको हो ।
सबभन्दा ठुलो परिमाणमा देशमा विप्रेषण भित्र्याउँदै आएको यस कम्पनीका विश्वका २५ देशमा १ लाख भन्दा बढी, नेपालमा ११० आईएमई सेन्टर र ३२०० शाखा संजालका अतिरिक्त लाखौं सेवाग्राही आबद्ध छन् ।
प्रतिक्रिया 4