+
+

अमेरिकी ग्राहकका लागि अनलाइन स्टोर खोल्दै शाओमी

अनलाइनखबर अनलाइनखबर
२०७१ फागुन ३ गते ९:३३

mi
चिनियाँ स्मार्टफोन निर्माता कम्पनी शाओमीले अमेरिकी उपभोक्ताका लागि अनलाइन स्टोर खोल्ने घोषणा गरेको छ ।

यद्यपि शाओमीले उक्त अनलाइन स्टोरबाट अमेरिकी उपभोक्तालाई आफ्ना लोकपि्रय स्मार्टफोन भने बेच्नेछैन । हेडफोन जस्ता कमै सुनिएका उत्पादनहरु बेच्नका लागि अनलाइन स्टोर खोल्न लागिएको शाओमीले जनाएको छ ।

तत्काल अमेरिकी उपभोक्तालाई लक्षित गर्दै अनलाइन स्टोर संचालनमा ल्याए पनि शाओमीले अमेरिकामा स्मार्टफोन बिक्रि नथाल्नुलाई धेरै आश्चर्यका रुपमा लिए पनि यसको खास कारण छ । बन्दोवस्तीको समस्याका साथै हार्डवेयर प्रमाणिकरण जस्ता विषयहरुका कारण शाओमीले तत्काल अमेरिकामा स्मार्टफोन बिक्रि गर्न नआँटेको बताइएको छ ।

यद्यपि आफ्नो एमआइ डट कम अनलाइन स्टोर मार्फत अमेरिकी उपभोक्तामा आफ्नो ब्राण्डका विषयमा चेतना स्थापित गर्न सहयोग पुग्ने शाओमीले आशा राखेको छ ।
चिनियाँ आइफोनको नामले चिनिने शाओमीले आन्तरिक बजारमा सर्वश्रेष्ठता कायम गरिसकेको छ भने एसियाका विभिन्न बजारमा समेत आफ्नो दहि्रलो उपस्थिति जनाइसकेको छ । गएको वर्ष शाओमीले ६ करोड १० लाख गोटा स्मार्टफोन बिक्रि गर्न सफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?