+
+
Shares

कालीगण्डकी हाइड्रोले पायो विदेशी ऋण लिने अनुमति

अनलाइनखबर अनलाइनखबर
२०७१ फागुन ३ गते १७:४४

Hydro power३ फागुन काठमाडौं । आइतबार बसेको औद्योगिक प्रवर्द्वन बोर्डको २ सय १४औँ बैठकले काली गण्डकी अपर हाइड्रो प्रोजेक्टको विदेशी लागानी तथा एस्सेल क्लिन हाइड्रो पावर प्रालिको पूँजी बृद्धि र ऋण सम्झौता लगायतका विषयमा निर्णय गरेको छ ।

उद्योगमन्त्री महेश बस्नेतको अध्यक्षतामा बसेको बोर्डको बैठकले हङ्कङ चाइनास्थित इनो हाइड्रो होल्डिंग र नेपालस्थित ट्रेडलिङ्क ग्लोवल प्रालिको संयुक्त लगानीमा म्याग्दी र पर्वत जिल्लाको काली गण्डकी नदीमा ६५ मेघावाट क्षमताको जलविद्युत उत्पादन गर्न सहमित दिएको हो ।

उद्योग स्थापनाका लागि विदेशी पक्षको ९२ प्रतिशत र स्वदेशीको ८ प्रतिशत लगानी हुने गरी स्वीकृति दिइएको उद्योग मन्त्रालयले जनाएको छ ।

बैठकले सोलुखुम्बु जिल्ला गर्मा र तिलङ्गा गाविसमा ४० मेगावाट क्षमताको जलविद्युत उत्पादन गर्ने एस्सेल क्लिन हाइड्रो पावरको पुँजी तथा क्षमता बृद्धि गर्न र उद्योग सञ्चालनको लागि आवश्यक पर्ने १३ अर्व रूपैयाँ विदेशी ऋण लिन पनि स्वीकृत दिएको छ ।

बोर्डको २०१४औँ बैठकले मादी पावर प्रालिको ऋण सम्भौता संशोधनको स्वीकृति, तनहुँ जिल्ला आबु खैरेनी गाविस वडा नं ४ मा रहेको अवनिश डिस्टिलरी प्रालिको पुँजी तथा क्षमता बृद्धि र मकवानपुर जिल्ला हेटौडा नगरपालिका वडा नं ८ स्थित हेटौडा औद्योगिक क्षेत्रमा रहेको युनाइटेड ब्रुअरीज नेपाल प्रालीको पुँजी तथा क्षमता बृद्धि सम्बन्धमा स्वीकृति दिने निर्णय गरेको उद्योग मन्त्रालयद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?