+
+
Shares

कालोधनबारे एचएसबीसी बैंकले माफी माग्यो

अनलाइनखबर अनलाइनखबर
२०७१ फागुन ४ गते १२:४०

४ फागुन, काठमाडौं  । कर छल्ने संसारभरिका व्यापारीको कालोधनलाई संरक्षण गरेको आरोप लागेको स्वीटजरल्याण्डस्थित एचएसबीसी बैंकले माफी मागेको छ । बेलायतबाट निस्कने पत्रिकामा पूरा पेजको विज्ञापन निकालेर एचएसबीसी बैंकले माफी मागेको हो ।

hsbs_chief_executive_stuart_304x171_reuters
स्टुअर्ड गुलिवर

पत्रिकाहरुमा प्रकाशित विज्ञापनमा एचएसबीसी बैंकका मुख्य कार्यकारी अधिकृत स्टुअर्ड गुलिवरको हस्ताक्षर छ ।

स्टुअर्डले जारी गरेको खुल्ला सन्देशमा कालोधनबारे खुलासा गरिएको घटनालाई ‘एक दु:खद अनुभव’ भनेका छन् ।

यसैवीच बेलायती संसदीय समितिले यो घटनाबारे अध्ययन र छानविन गर्ने भएको छ । राजस्व एवं सीमा शुल्क विभागले एचएसबीसी बैंकका अधिकारीहरूसँग पनि छलफल गरिसकेको बीबीसीले लेखेको छ ।

आतंकवादीहरुको माध्यम बनेको आरोप लागेपछि अमेरिकामा पनि एचएसबीसी बैंकले  अमेरिकी सिनेटको एक समितिमा माफी मागेको छ ।

उता जर्मनीमा एचएसबीसी बैंकमा खाता खोल्ने केही खातावालको घरमा प्रहरीले छापा मारेको छ ।

एचएसबीसी बैंकमा नेपालका ८ व्यक्तिको खाता रहेको भनिए पनि व्यक्तिको खुलासा भएको छैन । नेपालमा पनि आइतबार व्यवस्थापिका संसदको अर्थ समितिले विदेशमा रहेको कालोधनबारे राष्ट्र बैंकका गभर्नरलाई बोलाएर छलफल गरेको छ ।

यो पनि पढ्नुहोस् :

स्वीस बैंकको खातामा कसको पैसा ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?