+
+
Shares

लेखापरीक्षणमा एक व्यक्ति एक पेशा तत्काल लागु हुन नसक्ने

अनलाइनखबर अनलाइनखबर
२०७१ फागुन ५ गते १२:३१

rishna poudle५ फागुन काठमाडौं । नेपाल अडिटर्स एशोसिएशन (अडान) उपाध्यक्ष कृष्ण पौडेलले विद्यमान लेखापरीक्षण गर्नु पर्ने निकायहरुको संख्याको तुलनामा जनशक्ति कम भएकोले अहिले नै एक व्यक्तिएक पेशा नीति लागु हुन नसक्ने बताएका छन ।

बाराको कलैयामा सम्पन्न तेस्रो जिल्ला परिषदमा बोल्दै पौडेलले यसलाई अझै केही समय पर सार्न उनले आग्रह गरे । उनले आर्थिक अनुशासन र सामाजिक सुशासनका लागि लेखापरीक्षकहरु आफनो परिभाषित जिम्मेवारीलाई निर्भिकता, स्वतन्त्र र तटस्थ ढंगले बहन गर्नु पर्ने बताए ।
मुलुकमा विद्यमान भ्रष्टाचार र बेथितिको अन्त्यका लागि लेखापरीक्षकहरु जिम्मेवार हुनुपर्ने बताउदै लेखापरीक्षकहरु स्वयम् पनि पेशालाई अनुशासित र मर्यादित बनाउन क्रियाशिल हुनुपर्ने उनको भनाई थियो ।

नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संस्था -आइक्यान) का पूर्वपार्षदसमेत रहनुभएका पौडेलले राज्यको आर्थिक स्रोत निर्माण र आर्थिक अनुशासनमा लेखापरीक्षकहरुले महत्वपूर्ण भूमिका खेलेपनि राज्यले यथोचित सम्मान दिन नसक्दा प्रभावकारीतामा कमी आएको बताए ।

अडान बाराका अध्यक्ष मुनिन्द्रलाल कर्णको अध्यक्षतामा सम्पन्न परिषदमा केन्द्रीय सदस्य टिना सुवेेदी, केन्द्रीय अनुशासन समितिका सदस्य दीगम्वर रेग्मी, क्षेत्रीय सदस्य उमेश मिश्र, पूर्व जिल्ला अध्यक्ष रविन्द्र गिरी, सचिव ईन्द्रासन मण्डललगायतले लेखापरीक्षणका अवसर र चुनौतीका बारेमा बोलेका थिए ।

जिल्ला परिषदले आगामी फागुन ८ र ९ गते पोखरामा हुने राष्ट्रिय परिषदलाई भव्य बनाउन आवश्यक भुमिका खेल्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?