५ फागुन काठमाडौं । फ्लोरिकल्चर एशोसिएशन नेपालले पुष्पब्यवसायीहरुको क्षमताअभिवृद्धि गर्न मुल्यश्रृंखला अभिबृद्धि तालिम काठमाडौंमा सम्पन्न भएको छ । नेपाल सरकार कृषि बिकास मन्त्रालयको सहयोगमा पुष्प प्रबद्र्धन कार्यक्रम अन्तर्गत गरिएको उक्त तालिम ३ दिन सम्म संचालन भएको फ्यानले जनाएको छ ।
ललितपुर, भक्तपुर, काठमाडौं, काभ्रे, कास्की र चितवनका ४० बढी पुष्प ब्यबशायीहरुले सहभागिता जनाएको फ्यानका महासचिब तथा ३ दिने तालिमका संयोजक दिलिप बादेले जानकारी दिए । उक्त तालिममा प्रशिक्षकका रुपमा डा। कमल पौडेल, अनिल आचार्य र शंकर पौडेल रहेको फ्यानले जनाएको छ ।
पुष्प ब्यबशायीहरुको ब्यबशायीक क्षमता अभिबृद्धि गर्ने मुख्य उद्येष्य रहेको यस तालिममा भ्यालु चेन डेभलेपमेन्ट, पोष्ट हाभेष्ट म्यानेजमेन्ट, फार्म म्यानेजमेन्ट र माकेटिङ स्किल डेभलपमेन्ट लगायतका बिषयमा तालिम केन्द्रित रहेको फ्लोरिकल्चर एशोसिएशन नेपालका अध्यक्ष लोकनाथ गैरेले बताए । एशोसियशनले यस आर्थिक बर्षमा थप ३ वटा कार्यक्रम बिभिन्न जिल्लामा गर्ने योजना अन्तर्गनत पोखरामा केहि दिनभित्रै गरिने उनले जानकारी दिए।
नेपाल सरकारको सहयोगमा गरिएको यो तालिमले पुष्प ब्यबशायमा लागेका ब्यबशायीहरुलाई फाइदा पुग्ने र तालिममा सिकेका कुरा ब्यबशायमा प्रयोग गर्नुपर्ने तालिम संयोजक बादेले बताए । तालिममा समाबेश भएका ब्यबशायीहरुलाई मंगलबार प्रमाणपत्र बितरण गरिएको थियो । एशोसियशनले बर्षेनी राष्ट्रिय तथा अन्ताराष्ट्रिय मेला, गोदाबरी मेला र लालुपाते मेला लगायत क्षेत्रियस्तरका मेला गर्दै आइरहेको छ ।
प्रतिक्रिया 4