+
+

मंगल ग्रहको यात्राका लागि सय जना छानिए, नेपाली युवा दोश्रो चरणबाटै बाहिर

अनलाइनखबर अनलाइनखबर
२०७१ फागुन ६ गते १३:१०

mangal garahaबहुप्रतिक्षित तथा बहुचर्चित मंगल ग्रहको एकतर्फी यात्राका लागि १ सय जना फाइनालिष्ट छनोट भएका छन् । मंगल ग्रहमा जानका लागि आवेदन गरेका कुल २ लाख २ हजार ५ सय ८६ जना आवेदकहरुमध्ये बाट तेश्रो चरणको छनोट प्रक्रिया पार गर्न सफल हुने १ सय जना व्यक्तिहरुको सूचि मंगलयात्राको महत्वाकांक्षी योजना बनाइरहेको नेदरल्याण्डको मार्स वन नाम संस्थाले प्रकाशित गरेको छ ।

२०२४ बाट मंगल ग्रहमा मानिस पठाउन सुरु गर्ने योजना बनाएको मार्स वनले तेश्रो चरणका लागि छनोट भएका १ सय जना मध्येबाट अन्तिम २४ जना यात्रीहरुको चयन गर्नेछ । ती २४ जनालाई ६ पटकमा गरी ४-४ जना मंगल ग्रहको एकतर्फी यात्रामा पठाइनेछ र उनीहरु स्थायी रुपमा मंगल ग्रहमा नै बस्नेछन् ।

छनोट भएका १ सय जना मध्ये ५० जना महिला तथा ५० जना पुरुष रहेका छन् । छनोट हुनेहरुमा अमेरिका महादेशका ३९ जना, युरोपका ३१ त्था एसियाका १६ जना रहेका छन् । त्यस्तै अफ्रिकाबाट ७ जना र ओसेनियाबाट ७ जना मानिसहरु मंगल अभियानको अन्तिम १ सय मा छनोट हुन सफल भएका छन् ।

छनोट हुनेहरुमा छिमेकी देश भारतका ३ जना र पाकिस्तानका एक जना रहेका छन् । छनोट हुने भारतीयहरुमा अमेरिकामा विद्यावारिधी गरिरहेका २९ वर्षका तन्त्रजित सिंह भाटिया, दुबइमा बस्दै आएकी २९ वर्षकी रिकिता सिंह र केरलाका १९ वर्षीया शारदा प्रसाद रहेका टाइम्स अफ इण्डियाले जनाएको छ ।

त्यस्तै अन्तिम १ सय जनामा छनोट हुने एकमात्र पाकिस्तानी नागरिकको नाम रेगिनाल्ड रहेको मार्सवानको सूचिमा उल्लेख छ ।

दोश्रो चरणमा पुगेका ६ सय ६० जना मानिसहरुलाई अन्तरवार्ताको माध्यमबाट जाँच गरी १ सय जना छनोट गरिएको मार्सवानले जनाएको छ ।

अबको छनोट चरणमा समूह निर्माण तथा मंगल ग्रहमा रहँदा सामुहिक रुपमा जोखिम बहन गर्ने क्षमता र सीप लगायतका विषयमा केन्दि्रत हुने चयनकर्ता नोर्बट क्राफ्टले बताएका छन् । साथै उनीहरुलाई पृथ्वीकै कुनै ठाउँमा मंगल ग्रह जस्तै वातावरण भएको स्थान निर्माण गरी सोही ठाउँमा लगेर तालिम समेत दिइनेछ । मंगल ग्रहमा मानव वस्ती बसाल्ने योजना मार्स वानको छ ।

मंगल ग्रहमा बसाइ सर्ने नेपाली युवाको सपना अधुरै

मंगल ग्रहको एकतर्फी अनिश्चित यात्रामा सहभागी हुनका लागि मार्स वानमा आवेदन गरेका नेपालीहरु कोहीपनि अन्तिम १ सय जनामा छनोट हुन सकेनन् । मंगल ग्रहमा जानका लागि समीर न्यौपाने, प्रकाश सुवेदी, दिवस, अनिल, मदन कुमार दाहाल, केशव पाब्दे, सम्राट र गणेश नामका ८ जना नेपालीले आवेदन गरेका थिए ।

ती ८ जना नेपालीहरुमध्ये समीर न्यौपाने र थर उल्लेख नभएका सम्राट नामका नेपाली युवाहरुदोश्रो चरणमा पुग्न सफल भएका थिए ।

तर दोश्रो चरणबाट भने दुबैजना बाहिरिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?