Comments Add Comment

रहस्यमय ‘जंग बहादुरको कोट’, विमलेश र सुचित्राको चुम्बनै चुम्बन(भिडियो)

jungabahadur-ko-coat
नामकै कारण चर्चामा रहेको चलचित्र ‘जंग बहादुरको कोट’को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा जंग बहादुरको कोटको चर्चालाई विशेष महत्व दिइएको छ । जंग बहादुरको कोटको रहस्यमा यो चलचित्र घुमेको ट्रेलरले देखाउँछ ।

प्रदर्शन मिति तय नभएको यो चलचित्रमा नायक विमलेश अधिकारी र नव-नायिका सुचित्रा आचार्यको टङ किसको चर्चा पनि खुबै छ । यो चलचित्रमा यी दुई कलाकारले ३ पटकसम्म यस्तो दृश्य दिएका छन् ।

चलचित्रमा अनुप बराल, समिक्षा अर्याल लगायतका कलाकारको पनि अभिनय छ । खड्का एन्ड सन्स सिने इन्ड्रस्ट्रीको प्रस्तुतीमा तयार भएको यो चलचित्रमा योगेन्द्र खड्काको कथा छ । चलचित्रलाई प्रमोदकुमार खड्का र जयन्द्र खड्काले निर्माण गरेका हुन् ।

चलचित्रको निर्देशन आशिष भेटवालले गरेका हुन् । चलचित्रमा पटकथा र संवाद पनि आशिषकै छ । आशिष यतिबेला अष्ट्रेलियामा चलचित्र सम्बन्धी अध्ययन गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment