शिवरात्रीको अवसर पारेर काठमाडौं आएका भारतीय जनता पार्टीका नेताहरुले नेपाल हिन्दु राष्ट्र बन्नुपर्ने बताएका छन् ।
एक छिमेकी मुलुकका नेताले अर्को छिमेकी मुलुकको भ्रमण गर्नु स्वाभाविक हो । तर, उनीहरुले नेपालबारे दिने अभिव्यक्ति विवादास्पद बनेको छ । भारतको सत्तारुढ दल बीजेपीकी उपाध्यक्ष रेणु देवीले नेपाल हिन्दु राष्ट्र रहने र जातीय संघीयतामा गए देश टुक्रने अभिव्यक्ति दिएकी छिन् ।
नेपालमा संविधान निर्माण प्रक्रिया जारी रहेको र संघीयताको विषयमा दलहरुबीच तिव्र ध्रुवीकरण भैरहेका बेला बीजेपी नेताले दिएको यस्तो अभिव्यक्तिलाई कसरी लिने ?
१. नेपाल हिन्दुराष्ट्र हुनुपर्छ भन्नु स्वाभाविकै हो ।
२. यो हाम्रो आन्तरिक मामिलामाथिको गम्भीर हस्तक्षेप हो ।
३. पाहुनाले मनको भँडार साफ गरेका हुन्, यसलाई ठूलो नठानौं ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4