६ फागुन, चरिकोट । आगामी चार महिनाभित्र तामाकोसी तेस्रो आयोजनाको विकास सम्झौता हुने भएको छ ।
लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्तकाअनुसार ६५० मेगावाट विद्युत् उत्पादन क्षमताको तामाकोसी तेस्रोको पिडिएका लागि नर्वेको कम्पनी स्टेटक्राफ्टसँग वार्ता भइरहेको । सन् २००७ मा इजाजत पाएको यो आयोजनाको पारम्भिक अनुमानित लागत रु एक खर्ब ११ अर्ब लाग्ने बताइएको छ ।
दोलखाको भीमेश्वर नगरपालिका-५ र नाम्दु गाविसको तल्लो भागमा बाँध बन्नुका साथै सुरुङमार्गबाट मालु गाविसमा विद्युत् गृह निर्माण हुनेछ । आव २०६७/६८ मा यस आयोजनाको विस्तृत इन्जिनियरिङ अध्ययनसमेत भइसकेको छ । आयोजनाको प्रवद्र्धक कम्पनीसँग विभिन्नखाले छलफल भइरहेको लगानी बोर्डले जनाएको छ ।
आयोजनाबाट नेपाली र दोलखालीलाई सेयर खरिद, निःशुल्क विद्युत्, आयोजनाको प्रभावित क्षेत्रका वासिन्दाले पाउने राहत तथा क्षतिपूर्तिलगायतका विषयमा समेत छलफल भएको कार्यकारी अधिकृत पन्तले बताए । आयोजनाको पिडिए हुन लागेको खबरवाट दोलखावासीले खुसी व्यक्त गरेका छन् । रासस
प्रतिक्रिया 4