+
+
Shares

बढी लाभ हुने आयोजना छान्न संसदीय समितिको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७१ फागुन ६ गते १७:२३
rabindra-adhikari-
फाइल फोटो

६ फागुन काठमाडौं । व्यवस्थापिका संसदको विकास समितिले बढी लाभ हुने योजना छनोट गरी कार्यान्वयन गर्न सरकार र लगानी बोर्डलाई निर्देशन दिएको छ । बुधबार बसेको समितिको बैठकले यस्तो निर्देशन दिएको हो ।

समितिले हचुवाको भरमा आयोजनाहरुको संभाव्यता अध्ययन नगर्न पनि निर्देशन दिएको छ ।

हचुवाको भरमा गरिने संभाव्यता अध्ययनभन्दा पनि वास्तविकतामा आधारित भएर संभमाव्यता अध्ययन गर्न सम्भाव्यता अध्ययन गर्दा बहुआयामिक आधारमा यथार्थपरक भएर काम गर्न, विस्तृत अध्ययनका क्रममा सामाजिक लेखापरिक्षण गरी आयोजना विकास सम्झौता तयार गर्न निर्देशित गर्दछौं ।’ समितिका सभापति रविन्द्र अधिकारीले भने ।

त्यसैगरी, पर्याप्त लगानीको उचित प्रबन्ध गरेर मात्र विकास आयोजनाको कार्यान्वयन गर्न, पूर्वनिर्धारित समयभित्रै आयोजना सम्पन्न गर्न, कार्यान्वयनमा रहेका राष्ट्रिय महत्वका आयोजनालाई रकमको अभाव हुन नदिन समितिले निर्देशन दिएको छ ।

त्यसैगरी, ठूला आयोजनाहरु सञ्चालनका लागि आवश्यक पर्ने निर्माण सामाग्रीको उपलब्धता सकेसम्म देशभित्रै उत्पादन गर्ने कम्पनी स्थापना गर्न, ठूला आयोजनाको कार्यान्वयनमा देखिएका कानूनी समस्याहरु सुधारका लागि समितिसमक्ष लिखित प्रतिवेदन उपलब्ध गराउन समितिको निर्देशन छ ।

छलफलमा लगानी बोर्डका पदाधिकारीहरु पनि उपस्थित थिए । लगानी बोर्डले हालसम्म गरेको प्रगतिको संक्षिप्त विवरण समिति समक्ष पेस गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?