+
+
Shares

कास्की फाइनान्सका सीइओ अधिकारी सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०७१ फागुन ७ गते १०:३४

kaski finance७ फागुन काठमाडौं । कास्की फाइनान्स लिमिटेड पोखराका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारी सम्मानित भएका छन ।

वित्तीय सस्थाको नेतृत्व तहमा रहेर मुलुकको आर्थिक तथा सामाजिक बिकासमा योगदान गरे बापत नेपाल युवा समाज, काठमाण्डौले गत शनिबार एक कार्यक्रमका बिच उनलाई राष्ट्रिय सेवा सम्मानद्धारा सम्मानित गरेको हो ।

परराष्ट्रमन्त्री महेन्द्र बहादुर पाण्डेले एक समारोहबीच कास्की फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारी लगायतलाई सम्मान गर्दै यस किसिमको सम्मानले युवाहरुलाई आर्थिक तथा समाजिक बिकास एबं नागरिक सरोकारका अन्य बिषयहरुमा थप क्रियाशिल रहन हौसला मिल्ने बताए ।

बिगत १५ बर्षदेखी बिभिन्न बितिय सस्थामा बिभिन्न तहमा रहेर कार्य गरीसकेका अधिकारीले पछिल्लो ५ बर्ष देखी कास्की फाइनान्सको प्रमुख कार्यकारी अधिकृतका रुपमा नेतृत्व गरिरहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?