Comments Add Comment

वैदेशिक रोजगारको क्रममा मृत्यु भएका कामदारको बच्चालाई छात्रवृत्ति

८ फागुन, काठमाडौ । वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड अन्तर्गतको कल्याणकारी कोषले आगामी वैशाखदेखि रोजगारीका शिलशिलामा विदेशमा मृत्यु भएका नेपाली कामदारका बच्चालाई छात्रवृत्ति दिने भएको छ । श्रम तथा रोजगार मन्त्रालयले मृतक कामदारको बालबच्चाका लागि छात्रवृत्ति दिने सम्बन्धी कार्यविधि’ स्वीकृत गरिसकेको कारोबार दैनिकमा खबर छ ।

baideshk rojgarवैशाख १ देखि ७५ वटै जिल्लामा मृतक कामदारको बच्चालाई छात्रवृत्ति दिन सुरु गरिने बोर्डले जनाएको छ । निम्न माध्यामिक विद्यालयसम्म ६ हजार र माध्यामिक विद्यालयका विद्यार्थीलाई १० हजार रुपैयाँ प्रदान गरिने छ । छात्रवृत्ति रकम मृतक कामदारका सन्तानमध्ये एक जनालाई मात्र दिने कार्यविधिमा उल्लेख छ । छात्रवृत्ति कार्यक्रममा छात्रालाई प्राथमिकता दिइएको छ ।

१६ वर्षसम्मका बच्चाले मात्र छात्रवृत्तिको सुविधा पाउनेछन् । छात्रवृत्ति पाउन सरकारी विद्यालयमा पढेको हुनुपर्नेछ । छात्रवृत्ति मृतक कामदारको बच्चाले प्राप्त गरेकेा अंक र जेहेन्दार लगायत विषयलाई हेरिने बोर्डले जनाएको छ । एउटै कक्षामा अनुतीर्ण भए सो वर्ष छात्रवृत्ति दिइने छैन ।

बोर्डका निर्देशक टीकाप्रसाद भण्डारीले मृतक कामदारका बच्चालाई पैसाकै कारण पढ्न नसक्ने समस्याबाट मुक्त गराउन छात्रवृत्ति कार्यक्रम सुरु गर्न लागिएको जानकारी दिए ।

छात्रवृत्ति वितरण कार्यक्रमअन्गर्तत यो वर्ष २० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । बोर्डका हजार कामदारका बच्चालाई छात्रवृत्ति दिइने लक्ष्य छ । ७५ वटै जिल्ला शिक्षा कार्यालयबाट छात्रवृत्ति रकम प्रदान गर्ने ब्यवस्था छ । बोर्डले आवश्यक रकम ब्यवस्था गरी शिक्षा कार्यालयलाई अख्तियार प्रदान गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment