+
+

टि्वटरमा हरेक दिन ५ लाख अश्लील तस्वीर, नियन्त्रण गर्न टि्वटर अनिच्छुक

अनलाइनखबर अनलाइनखबर
२०७१ फागुन ८ गते १०:०१

twitter

माइक्रो ब्लगिङ साइट टि्वटरमा प्रत्येक दिन झण्डै ५ लाख वटा अश्लील तस्वीरहरु प्रकाशित हुने गरेको पाइएको छ । यस्ता पोनोग्राफिक तस्वीरहरु बालबालिका तथा किशोरकिशोरीहरुले प्राप्त गर्ने जोखिम हुँदाहुँदै टि्वटरले त्यस्ता तस्वीर प्रति कुनै कार्यवाही गर्न अस्विकार गरेको बेलायती सांसदहरुले आरोप लगाएका छन् ।

पोनोग्राफरहरुले किशोर तथा बालबालिकाहरुलाई लक्षित गर्दै सोसल नेटवर्किङ साइटहरुको तिब्ररुपमा दुरुपयोग गर्ने गरेका छन् । तर टि्वटरमा पोनोग्राफिक वेबसाइट फिल्टर गर्ने कुनै संयन्त्र नभएको हुँदा बालबालिकाहरुले घरमै बसेर समेत टि्वटर प्रयोग गर्ने त्यस्ता सामाग्री फेला पार्नसक्ने सम्भावना हुन्छ । टि्वटरमा ब्लक तथा फिल्टरको संयन्त्र नभएको हुँदा मानिसहरुले अश्लील चित्रका साथै हार्डकोर पोर्न भिडियोहरु समेत टि्वटर फिडमा अपलोड गर्न सक्छन् ।

अश्लील सामाग्रीहरुमा बन्देज लगाउने वा हटाउने फिचर टि्वटरमा थप गर्नका लागि आग्रह गरेपनि टि्वटरका हाकिमहरुले त्यसलाई अस्विकार गरेको बेलायती संासदहरुले बताएका डेलीमेलले उल्लेख गरेको छ ।

बेलायती सरकारले टि्वटरका प्रमुखलाई इन्टरनेट पोर्न नियन्त्रणका विषयमा छलफल गर्न बोलाउँदा समेत उनी नआएको सांसदको आरोप छ । संस्कृति मन्त्री इड भेजीको नेतृत्वमा भएको बैठकमा फेसबुक र गुगलका प्रतिनिधि भने सहभागी भएका थिए । छलफलमा टि्वटरका साथै टम्बलरले पनि उपस्थिति जनाएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?